२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीमा एकसय ५५ जना क्षयरोगी भेट्टिए

२०७३, १८ चैत्र शुक्रबार ०८:५३

चैत १८, बैतडी । चालु आवको साउनदेखि हालसम्म बैतडीमा एकसय ५५ क्षयरोगीका बिरामी भेट्टिएका छन् । 

जिल्ला स्वास्थ्य कार्यालयका क्षयकुष्ठ सुपरभाइजर देव जोशीका अनुसार एकसय १४ पुरुष र ४१ महिला क्षयरोगी भेट्टिएका हुन् जसमा एकसय नौ फोक्सोको क्षयरोगी (सर्ने क्षयरोगी) र ४६ फोक्सो बाहिरको (नसर्ने क्षयरोगी) रहेका छन् । 

गत वर्ष बैतडीमा दुईसय सात क्षयरोगी फेला परेका थिए जसमध्ये महिला ५५ र पुरुष एकसय ५२ रहेका थिए । ती मध्ये ६० प्रतिशत फोक्सोको सर्ने खालका बिरामी रहेको क्षयकुष्ठ सुपरभाइजर जोशीले भन्नुभयो, “गतवर्ष फेला परेका क्षयरोगी बिरामीमध्ये ८९ प्रतिशतलाई निको भइसकेको छ । ” 

पन्ध्र देखि ३४ बर्ष उमेरसम्मका व्यक्ति क्षयरोगी बढी भेट्टिएको उहाँले बताउनुभयो । बैतडीका ६८ ठाउँमा क्षयरोगीका उपचारका लागि डट्स केन्द्र र आठवटा ठाउँमा क्षयरोग निदानका लागि प्रयोगशाला सञ्चालनमा रहेका छन् । साथै समुदायमा लुकेर रहेका क्षयरोगी पत्ता लगाउन बैतडीका ६८ वटै डट्स केन्द्रबाट खकार जाँचका लागि कुरियर सेवा पनि सुरु भएको छ । 

नेपाल सरकारले क्षयरोग लागेका बिरामीको प्रत्येक स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा निःशुल्क उपचारको व्यवस्था मिलाएको छ । तर सबै क्षयरोगी अझै बाहिर खुलेर आउन नसकेको स्वास्थ्यकर्मीको भनाइ छ । 

बैतडीको हकमा धेरैजसोले सीमावर्ती भारतको पिथौरागढमा गएर औषधि गर्ने तर औषधिको पूरा मात्रा नखाने हुनाले जीर्ण क्षयरोगको समस्या बल्ँिझदै गएको छ । 

लगातार दुई हप्तासम्म खोकी लागिरहनु, साँझपख हल्का ज्वरो आउनु, तौल घट्दै जानु, खान मन नलाग्नुजस्ता लक्षण देखापरेमा क्षयरोग हुन सक्ने भएकाले स्वास्थ्यसंस्थामा चेकजाँच गराउन पनि जोशीले आग्रह गर्नुभएको छ । क्षयरोग सामान्य रोग भएपनि यसको उपचारमा ढिलाइ ग¥यो भने यसले मानिसको ज्यानसमेत जाने हुन्छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा