दलसिंह गिरी/चैत १८, कालिकोट । सुडान हैन कालिकोट शिर्षकमा कडा शिघ्र कुपोशित सिपखाना ६ की १४ महिने बालिका सुशिला योगी (हाल मृत्यु भैसकेकी) को समाचारले कालिकोट मात्र "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दलसिंह गिरी/चैत १८, कालिकोट । सुडान हैन कालिकोट शिर्षकमा कडा शिघ्र कुपोशित सिपखाना ६ की १४ महिने बालिका सुशिला योगी (हाल मृत्यु भैसकेकी) को समाचारले कालिकोट मात्र "/>

2026-09-15 02:54 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सुडानी किन बन्दैछन् काकिलोटका बालिका ?

दलसिंह गिरी/चैत १८, कालिकोट । सुडान हैन कालिकोट शिर्षकमा कडा शिघ्र कुपोशित सिपखाना ६ की १४ महिने बालिका सुशिला योगी (हाल मृत्यु भैसकेकी) को समाचारले कालिकोट मात्र नभै सिंगो नेपालमै भाइरलको रुप लिएको ६ महिना बवित्दै मुम्रा गाविसमा पनि एउटा यस्तै प्रक्रितिकी बालिका भेटिएकी छन् । 

साविक मुम्रा गाविस वडा नं. ७ स्थायी घर भएका बुवा रमेश दर्जी, आमा तारा दर्जीकी १७ महिने छोरी ब्यवस्था दर्जीको अवस्था सुशिला योगी कै जस्तो देखिएको हो । कडा शिघ्र कुपोशित बालिका ब्यवस्था दर्जीको हाल मेहलमुडी स्वास्थ्य केन्द्रमा बहिरंग उपचार भैरहेको छ । 

यहि चैत्र १ गते स्वास्थ्य संस्थामा भर्ना भएकी बालिकाको स्वास्थ्यमा केही सामान्य सुधार आएको मेहलमुडी स्वास्थ्य इन्चार्ज ललितजंग बमले बताउनु भएको छ । बमले दिएको जानकारी

अनुसार बालिकाको स्वास्थ्य सुधार अवस्था मापन गर्दा हाल १५ दिनमा १ केजी तौल बृद्धि भै ५ केजी पुगेको र १६ एमएम पाखुराको मापन बृद्धि भै १ सय एमएम पुगेको बताउनु भएको छ ।

स्वास्थ्य चौकी मुम्राबाट मेहलमुडी रिफर भएकी बालिकाको अवस्था बताउदै मुम्रा स्वास्थ्य इन्चार्ज धिरेन्द्र केसीले कडा शिघ्र कुपोशित ब्यवस्था दर्जीका आमाबुवालाई बच्चीको खानपिनमा ध्यान पुर्याउन पहिले नै सुझाब दिए पनि यसो नगर्दा ब्यवस्थाको यो अवस्था आएको बताउनु भएको छ । ४ छोरीका बाबुआमा भैसकेका दर्जी परिवारले छोराको आसमा १ बर्षको अन्तरमा लगातार अर्को बच्चा जन्माइहाल्ने गरेकाले पनि यस्तो समस्या देखिएको केसीले बताउनु भएको छ ।  

यस्ता कडा शिघ्र कुपोशित बालबालिका जिल्लाका केही पात्रहरु मात्र हुन् । जिल्ला स्वास्थ्यले दिएको जानकारी अनुसार यस्ता कुपोशित बालबालिकाहरु जिल्लाभर अझै करिब ६३ प्रतिशत रहेको जनाएको छ । 

हाल शीघ्र कुपोषणको एकीकृत व्यवस्थापन कार्यक्रम लालु गरी कुपोषण न्यूनिकरण गरिएको जिल्ला स्वास्थ्यले हाल जिल्लामा २ वटा बहिरंग सेवा केन्द्र थप गरी १० वटा बेहिरंग सेवा केन्द्र विस्तार गरेको जनाएको छ । 

जिल्लाभर धौलागोह, स्युना, मेहेलमुडी रकु, कुमालगाउँ, राचुली, गेला स्वास्थ्य चौकी र जिल्ला अस्पतालमा बहिरङ्ग उपचार केन्द्र संचालन गरिरहेको स्वास्थ्यले हालै राम्नाकोटर र सुकाटियामा पनि सेवा विस्तार गरी सुकाटियामा १६ जना कडा सिघ्र कुपाशित बालकालिकालाई उपचार दिइरहेको जिल्ला स्वास्थ्यका पोषण सम्पर्क व्यक्ति कटकबहादुर महतले जानकारी दिनु भएको छ ।

जिल्ला स्वास्थ्यका अनुसार जिल्लामा देखिएका कुपोशित बालबालिका मध्ये ६३ प्रतिशत बालिका रहेको, जसमा ५० प्रतिशत भन्दा बढी दलित समुदायका बालबालिका रहेको जनाएको छ । उपचारको विचैमा छाडेर जानेहरुको संख्यामा भने कमी आएको स्वास्थ्यले जनाएको छ ।

जिल्ला स्वास्थ्यले हाल कालिकोटमा पोषण सम्बन्धी वृद्धि अनुगमन, मातृशिशु तथा बाल्यकालीन पोषण, कृषि तथा खाद्य सुरक्षा आयोजना, बहुक्षेत्रीय पोषण योजना, शीघ्र कुपोषण एकीकृत व्यवस्थापन, किशोरीलाई आइरनचक्की वितरण, सुनौला हजार दिन संचार अभियान लगायतका थुपै्र कार्यक्रम सञ्चालन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ