२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

फेसबुक ग्रुपबाट संकलन गरेको रकमले बैतडीमा सूचना प्रविधि कक्ष

१९ चैत्र २०७३, शनिबार ०७:१८


चैत १९, बैतडी । सामाजिक संञ्जालको सदुपयोगले ठुला काम गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन् । 

बैतडीको दुगएम क्षेत्र तल्लो स्वराडका युवाहरु, नेपाली सिम कार्ड समेत नचल्ने उक्त क्षेत्रमा भारतीय मोबाईल प्रयोकर्ताहरु धेरै छन् । नेपाल सरकारका विभिन्न निकाय संग पटक–पटक आग्रह गर्दा समेत आफ्नो मागको वेवास्ता गरेपछि जिल्लाको स्वराड क्षेत्रमा पर्ने शर्मालीका युवाहरुले फेसबुक ग्रुपमार्फत आर्थिक संकलन गरेर आफुले पढेको विद्यालयमा सूचना कक्ष भवन निर्माणमा जुटेका छन् ।

स्थानीय नागार्जुन उच्च माद्यामिक विद्यालयमा पढेर अहिले देश तथा विदेशका विभिन्न ठाँउमा बसोबास गर्दै आएका युवाहरुलाई विद्यालयका प्राचार्य माहामलसिह साउदले फेशबुक गु्रप मार्फत सूचना कक्षको भवनका लागि आग्रह गरेपछि १३ लाख भन्दा बढी रकम संकलन भैसकेको छ । 

उक्त क्षेत्रमा बसोबास गर्ने र फेशबुकको पहुँचमा भएका सबै युवाहरुलाई गु्रपमा एड गरी स्थानीय ठाँउको विकासका लागि छलफल गर्नुका साथसाथै विभिन्न निर्णय पनि हुने गरेका छन् । 

सामाजिक संञ्चालको सही प्रयोगले ठुलो काम गर्न सकिने उदाहरण स्थानीय युवाहरुले प्रमाणीत गरेका छन् । 

अहिले नेपालका विभिन्न सहरमा बसोवास गर्ने पुर्व विद्यार्थि र विदेशमा रोजगारी गर्ने पुर्व विद्यार्थिहरुले श्री नागार्जुन उमावि शर्माली भवन निर्माण सहयोग संकलन अभियानको खातामा १३ लाख ३५ हजार ६ सय ४२ रुपयाँ जम्मा गरीसकेको विद्यालयका प्राचार्य माहामलसिह साउद बताए । “सम्बन्धित निकायसंग धेरै आग्रह गरेपनि पहल नगरेदिएपछि आफै सूचना प्रविधि कक्षमा जुटेका हौँ” साउदले भने । 

विदेशमा रहेका युवाहरुले प्राचार्यले गरको उक्त कामको प्रसंसा गर्नुका साथै आफुहरुले पनि सक्दो सहयोग गरेका छन् । पुर्व विद्यार्थिहरुले आफ्नो क्षमताले भ्याएसम्म पाँच हजार देखि एक लाख सम्म सूचना कक्ष भवनको लागि सहयोग गरेका छन्  । अहिले सूचना कक्ष भवनको निर्माण कार्य सुरु भएको छ । उक्त कार्यका लागि १८ लाख सम्म सहयोग दिने विदेशमा बस्ने युवाहरुले प्रतिवद्धता गरेको विद्यालय प्रशासनको भनाई छ । 

युवाहरुले आर्थिक रकम संकलन गरेर भवन तयार गरेपनि सूचना कक्षमा आवश्यक पेर्न उपकरणहरु किन्न आर्थिक अभाव हुने देखिएको छ । युवाहरुले सामाजिक संञ्जालमार्फत आफुहरुले बनाएको भवनमा उपकरणका लागि पहल गरीदिन सम्बन्धित सरोकारवालाहरुलाई आग्रह समेत गरेका छन् । 

विकासको नाममा कार्यकर्ताको पोस्न उत्साहित साजनितिक दल र नितिनिर्माणमा बसेका व्यक्तिहरुलाई शर्मालीका युवाहरुले गरेको प्रयासले केहि पाठ सिकाओस साथै उनिहरुले निमार्ण गरेको सूचना कक्षको भवना आवश्यक उपकरणका लागि पनि सरकारी पक्षबाट पहल होस । 

बैतडीको शर्माली गाविसमा निर्माण हुन लागेको सूचना प्रविधि केन्द्रको भवन । उनिहरुले भवन बनाउन फेशबुक ग्रुप बनाएर विदेशमा रहेका युवाहरुबाट आर्थिक संकलन गरेका हुन् । तस्बिर: साझासबाल

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली