२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

गरिबी निवारण कार्यक्रमबाट तीन हजार ६७१ परिवार लाभान्वित

२०७३, १९ चैत्र शनिबार ०८:५९

चैत १९, कञ्चनपुर । गरिबी निवारण कार्यक्रमबाट कञ्चनपुरका तीन हजार ६७१ घरपरिवार लाभान्वित भएका छन् । 

नेपाल राष्ट्रिय समाज कल्याण सङ्घको सामाजिक तथा प्राविधिक सेवा र गरिबी निवारण कोषको आर्थिक सहयोगमा जिल्लाको पाँचवटै नगरपालिकामा सञ्चालित उक्त कार्यक्रमबाट उक्त सङ्ख्याका घरपरिवार लाभान्वित भएका हुन् । लाभान्वित हुने विशेषगरी आर्थिक विपन्नता भएका व्यक्ति, मुक्तकमैंया, दलित र निकुञ्जपीडित बासिन्दा रहेका छन् । 

गरिबी निवारण कार्यक्रमको माध्यमबाट प्रत्यक्ष रुपमा लाभान्वित हुनेमा दुई हजार ४८२ जनजाति, आठ सय ५६ दलित र तीन सय ३३ परिवार अन्य समुदायका रहेका छन् । कार्यक्रमअन्तर्गत गठित एक सय ४६ सामुदायिक संस्थामार्फत लक्षित समुदायको आयस्तरमा वृद्धि गर्न र भौतिक पूर्वाधार विकासका लागि रु ६ करोड ४४ लाख ५७ हजार ६४२ रकम घुम्तीकोषका रुपमा परिचालन गरिएको कार्यक्रमका संयोजक टेकबहादुर बुढाले बताउनुभयो । 

कृषि तथा पशु विकास पटकेटक्षेत्र विकसित गर्ने उद्देश्यअनुसार शुक्लाफाँटा नगरपालिकाको नौखरी र कृष्णपुरको दया अमरपुर, बैलकुन्डी र किचाइलाई तरकारी पकेट क्षेत्रको रुपमा विकसित गरिएको कार्यक्रमका संयोजक बुढाले बताउनुभयो ।

“तरकारी खेतीका लागि पकेटक्षेत्र विस्तार गरिएका ठाउँमा कृषि व्यवसायलाई सहयोग पुग्ने गरी भौतिक पूर्वाधार विकासका लागि कुलो, पम्पसेट जडान तथा तरकारी सङ्कलन केन्द्र स्थापना गरेका छौं” उहाँले भन्नुभयो । 

तरकारी खेतीमा संलग्न विपन्न वर्गका समुदायले पाँचदेखि २५ कठ्ठा जग्गामा रु २० हजारदेखि रु ७० हजारसम्म आम्दानी गर्दै आएको उहाँको भनाइ छ । २०६२ सालदेखि सुरु भएका सो कार्यक्रम यहाँका शुक्लाफाँटा, बेदकोट, कृष्णपुर र भीमदत्तनगरपालिकामा सञ्चालनमा रहेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति