२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

हलेसी क्षेत्रमा जमिनमुनिको पानी निकालिने

२०७३, १९ चैत्र शनिबार ०९:०५

चैत १९, खोटाङ । धार्मिक तथा पर्यटकीयस्थल हलेसी क्षेत्रमा डिप बोरिङ (जमिन छेडेर पानी निकाल्ने) योजना सुरु गरिएको छ । 

हिन्दू, बौद्ध र किरात धर्मावलम्बीको सङ्गमस्थल हलेसी आउने दर्शनार्थी तथा आसपासका उपभोक्तालाई लक्ष्य गरेर दुई ठाउँमा बोरिङ गर्ने योजना सुरु गरिएको हो । हलेसी तुवाचुङ नगरपालिकाका महादेवस्थान, दुर्छिम, मङ्गलटार, बडहरे, च्यास्मिटार, डिकुवा र बाहुनीडाँडामा बृहत् खानेपानी आयोजनाको वैकल्पिक व्यवस्थाका लागि डिप बोरिङ योजना अघि बढाइएको उपभोक्ता समितिका अध्यक्ष इवन राईले बताउनुभयो । 

यसै आवमा सम्पन्न गर्ने लक्ष्य राखिएको योजनाका लागि खानेपानी विभागबाट आएका परामर्शदाताले सर्भेक्षणसमेत गरिसकेका छन् । डिप बोरिङ गरेर हलेसी गुफा नजिक तथा च्यास्मिटार र बडहरेबीचमा पर्ने बोझेमा जमिनमुनिको पानी निकाल्ने तयारी गरिएको खानेपानी तथा सरसफाइ सबडिभिजन कार्यालय खोटाङका प्रमुख विजय ठाकुरले बताउनुभयो । 

हलेसी क्षेत्रमा जमिनभन्दा करिब १५० मिटरमुनिसम्म छेडेमा पानी निस्कने सर्भेक्षण टोलीले जनाएको छ । बोरिङबाट प्रतिसेकेन्ड १२ लि पानी निकाल्न सकिने योजना रहेको उपभोक्ता समितिले जनाएको छ । 

जिल्लाको सुक्खाग्रस्त क्षेत्र घोषित हलेसी तुवाचुङ नगरपालिकाको हलेसी तथा आसपासका गाउँमा अहिले वर्षाको पानी जम्मा गरेर र दूधकोसी नदीबाट गाडीमा बोकेर ल्याएको पानी उपभोग गर्ने गरिएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति