शिबिरमा प्रोफेसर डाक्टर बद्री पौडेल सहितका बिशेषज्ञ डाक्टरहरूले मधुमेह, मृगौला परीक्षण, महिलाको आंङ खस्ने समस्या लगायत बिभिन्न रोगहरुको परीक्षण तथा बिरामीहरुको उपचार गरिएको संयोजक अरबिन्द पौडेलले जानकारी दिनुभयो ।
शिबिर सञ्चालनका लागि स्थानीय समाजसेबीहरु युबराज चापागाई, प्रेम प्रसाद चापागाई र राम प्रसाद शर्मा लगायत लायन्स क्लब अफ भद्रकाली का २० जनाको टोली परिचालित गरिएको थियो ।