२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

६०औं राष्ट्रिय सहकारी दिवस कालिकोटमा पनि मनाईयो

२०७३, २० चैत्र आईतवार १२:३५


दलसिंह गिरी/चैत २०, कालिकोट । दिगो विकास लक्ष्य प्राप्तीका लागि सहकारी भन्ने मुलनाराका साथ नेपालभर आयोजित ६० औं राष्ट्रिय सहकारी दिबश कालिकोटमा पनि विविध कार्यक्रम गरी मनाईएको छ । नेपाल सरकारको तिन खम्बे अर्थनीति भित्र पर्ने सहकारी अभियान नेपालमा ६० बर्ष पुगेको उपलक्ष्यमा कालिकोटमा पनि विभिन्न कार्यक्रम गरी मनाईएको हो । 

जिल्ला सहकारी संघका अध्यक्ष कालिबहादुर महताराको अध्यक्षता प्रमुख जिल्ला अधिकारी गिरधारी सुबेदीको प्रमुख आथित्यता, जिल्ला कृषि विकास कार्यालयका प्रमुख सुनिल कुमार सिंहको विशेष आथित्यतामा आयोजित राष्ट्रिय सहकारी दिवस सहकारी जागरण अभियानका विविध नारा लगाई प्लेकार्ड सहित खाडाचक्र बजार परिक्रमा एवं जिविसको खुलामञ्चमा बृहत सास्कृतिक कार्यक्रम गरी सम्पन्न भएको छ । 

जिल्ला सहकारी संघको आयोजनामा आयोजित कार्यक्रममा सहकारी अभियानलाई अगाडी बढाउन अवराघ्र खटिने जिल्लाका ५ वटा उत्कृष्ट सहकारीलाई सम्मान समेत गरिएको छ । सम्मानित हुनेमा हिमचुली कृषि सहकारी मान्म, कर्नाली जडिबुटी उत्पादक सहकारी मान्म, कर्नाली महिला बचत तथा ऋण सहकारी बदालकोट, जनकल्याण बहुउद्देश्यीय सहकारी कुमालगाउँ रहेका छन् यसै गरी कालिकोटको जेठो सहकारीका रुपमा चिनिने मालिका स्वावलम्बन बहुउद्देश्यीय सहकारी फोइमहादेवलाई कदर पत्रसमेत प्रदान गरिएको छ । 


सहकारी दिवसकै अवसर पारी आयोजना गरीएको देउडा प्रतियोगितामा भागलिइ उत्कृष्ट देउडा प्रस्तुत गर्ने ५ वटा सहकारी समुहलाई समेत पुरस्कृत गरिएको छ । देउडा प्रतियो गितामा पुरस्कृत हुनेमा हिमचुली कृषि सहकारी, कर्नाली जडिबुटी उत्पादक सहकारी, कर्नाली महिला बचत तथा ऋण सहकारी, जिल्ला सहकारी संघ र हिमचुली महिला सहकारी रहेका छन् । 

हाल जिल्लामा सहकारी दर्ताको अवस्थाबारे बताउदै जिल्ला सहकारी संघले हाल जिल्लाभर २ सय बढी सहकारी रहेको र जसमा १ सय ४५ वटा सहकारीमात्र जिल्ला सहकारी संघमा आवद्ध रहेको जनाएको छ । 

अन्य सहकारीहरुलाई पनि आवद्ध गराउन अभियान थालेको समेत संघले जनाएको छ । देशभर हाल ४० हजार बढी सहकारी संस्था स्थापना भएका छन् भने ६० लाख शेयर सदस्य समेत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति