२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

६०औं राष्ट्रिय सहकारी दिवस कालिकोटमा पनि मनाईयो

२० चैत्र २०७३, आईतवार १२:३५


दलसिंह गिरी/चैत २०, कालिकोट । दिगो विकास लक्ष्य प्राप्तीका लागि सहकारी भन्ने मुलनाराका साथ नेपालभर आयोजित ६० औं राष्ट्रिय सहकारी दिबश कालिकोटमा पनि विविध कार्यक्रम गरी मनाईएको छ । नेपाल सरकारको तिन खम्बे अर्थनीति भित्र पर्ने सहकारी अभियान नेपालमा ६० बर्ष पुगेको उपलक्ष्यमा कालिकोटमा पनि विभिन्न कार्यक्रम गरी मनाईएको हो । 

जिल्ला सहकारी संघका अध्यक्ष कालिबहादुर महताराको अध्यक्षता प्रमुख जिल्ला अधिकारी गिरधारी सुबेदीको प्रमुख आथित्यता, जिल्ला कृषि विकास कार्यालयका प्रमुख सुनिल कुमार सिंहको विशेष आथित्यतामा आयोजित राष्ट्रिय सहकारी दिवस सहकारी जागरण अभियानका विविध नारा लगाई प्लेकार्ड सहित खाडाचक्र बजार परिक्रमा एवं जिविसको खुलामञ्चमा बृहत सास्कृतिक कार्यक्रम गरी सम्पन्न भएको छ । 

जिल्ला सहकारी संघको आयोजनामा आयोजित कार्यक्रममा सहकारी अभियानलाई अगाडी बढाउन अवराघ्र खटिने जिल्लाका ५ वटा उत्कृष्ट सहकारीलाई सम्मान समेत गरिएको छ । सम्मानित हुनेमा हिमचुली कृषि सहकारी मान्म, कर्नाली जडिबुटी उत्पादक सहकारी मान्म, कर्नाली महिला बचत तथा ऋण सहकारी बदालकोट, जनकल्याण बहुउद्देश्यीय सहकारी कुमालगाउँ रहेका छन् यसै गरी कालिकोटको जेठो सहकारीका रुपमा चिनिने मालिका स्वावलम्बन बहुउद्देश्यीय सहकारी फोइमहादेवलाई कदर पत्रसमेत प्रदान गरिएको छ । 


सहकारी दिवसकै अवसर पारी आयोजना गरीएको देउडा प्रतियोगितामा भागलिइ उत्कृष्ट देउडा प्रस्तुत गर्ने ५ वटा सहकारी समुहलाई समेत पुरस्कृत गरिएको छ । देउडा प्रतियो गितामा पुरस्कृत हुनेमा हिमचुली कृषि सहकारी, कर्नाली जडिबुटी उत्पादक सहकारी, कर्नाली महिला बचत तथा ऋण सहकारी, जिल्ला सहकारी संघ र हिमचुली महिला सहकारी रहेका छन् । 

हाल जिल्लामा सहकारी दर्ताको अवस्थाबारे बताउदै जिल्ला सहकारी संघले हाल जिल्लाभर २ सय बढी सहकारी रहेको र जसमा १ सय ४५ वटा सहकारीमात्र जिल्ला सहकारी संघमा आवद्ध रहेको जनाएको छ । 

अन्य सहकारीहरुलाई पनि आवद्ध गराउन अभियान थालेको समेत संघले जनाएको छ । देशभर हाल ४० हजार बढी सहकारी संस्था स्थापना भएका छन् भने ६० लाख शेयर सदस्य समेत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ