पर्वत । स्याल, बाघले खाएको कुखुराको मुल्य पनि पाइन्छ र भन्ने कतिपयको मनमा होला ? चोरी भएको कुखुरा भएको भए र चोर पक्राउ परेको भए कुखुराको मुल्यबराबरको रकम पाउनु स्वभाविक हो तर बाघलेनै खाएको कुखुराको क्षतीपूर्ति यहाँकी एक कृषकले प"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । स्याल, बाघले खाएको कुखुराको मुल्य पनि पाइन्छ र भन्ने कतिपयको मनमा होला ? चोरी भएको कुखुरा भएको भए र चोर पक्राउ परेको भए कुखुराको मुल्यबराबरको रकम पाउनु स्वभाविक हो तर बाघलेनै खाएको कुखुराको क्षतीपूर्ति यहाँकी एक कृषकले प"/>
२ माघ २०८२, बिहीबार
पर्बत - PBT

वाघले खाएको कुखुराको क्षतीपुर्ती

२१ चैत्र २०७३, सोमबार ०४:०९

पर्वत । स्याल, बाघले खाएको कुखुराको मुल्य पनि पाइन्छ र भन्ने कतिपयको मनमा होला ? चोरी भएको कुखुरा भएको भए र चोर पक्राउ परेको भए कुखुराको मुल्यबराबरको रकम पाउनु स्वभाविक हो तर बाघलेनै खाएको कुखुराको क्षतीपूर्ति यहाँकी एक कृषकले पाइन भन्दा तपाइहरुलाई अचम्म लाग्ला तर यो सत्य हो ।

 आखिर बाघले खाएको कुखुराको क्षतीपूर्ति उनलाई बाघले दिएको कि वा कसरी पाइन भन्ने पनि तपाइहरुको मनमा होला ? तर पर्वतको फलेवास नगरपालिका वडा नं. ३ शंकरपोखरीकी सीता तिवारीले वाघले खाएको कुखुराको क्षतीपुर्ती रकम पाएकी छन् ।


 तिवारीले नेपाल सरकार अर्थ मन्त्रालय अन्तर्गतको युवा तथा साना व्यवशायीक स्वरोजगार कोषले संचालन गरेको युवा साझेदारी कार्यक्रम अन्तर्गत सिर्जनशिल वहुउद्देश्यीय सहकारी संस्था मार्फत गत वर्ष रु.१ लाखको लगानीमा २२५ वटा कुखुरा पालेकी थिइन् । 

कुखुरा हुर्केर वजार लाने तयारी गर्दा फर्ममानै पसेर वाघले २०० वटा कुखुरा नष्ट गरेको थियो । सो व्यवशाय युवा स्वरोजगार कोषवाट नै वीमा भएको थियो जसले गर्दा रु.२७ हजार व्यवशायी सिता तिवारीले प्राप्त गरेकी हुन्  । 


सो रकम सहकारी संस्थाका अध्यक्ष देवीप्रसाद तिमिल्सिनाले फलेवास नगरपालिका वडा नं. ३ का वडा सचिव पूर्ण वहादुर भण्डारी र वडा नं ३ का प्राविधिक सहायक कृष्ण वि.क.ले व्यवशायी सिता तिवारीलाई  हस्तान्तरण गर्नु भएको थियो । कार्यक्रममा  वोल्दै व्यवशायी सिता तिवारीका श्रीमान दुर्गा प्रसाद तिवारीले सिर्जनशिल वहुउद्देश्यीय सहकारी संस्थाको पहल, युवा तथा साना व्यवशायी स्वरोजगार कोष र राष्ट्रिय वीमा संस्थानको सहयोगमा हाम्रो व्यवशायवाट भएको क्षतिको राहात मिलेकोमा खुसीे व्यक्त गर्नुभयो  ।

 उहाँले व्यवशाय विस्तार गरी तरकारी तथा अन्य व्यवशाय वढाउने र अरु किसानलाइले समेत कृषि तथा पशु व्यवशायको वीमा गर्न सल्लाह दिनु भयो ।


यस भन्दा पहिला समेत सोही ठाउमा व्यवशायी सुर्य प्रसाद लामिछानेको कुखुरा वाघले खाएकोमा राष्ट्रिय वीमा संस्थानवाट रु.७८,४०० प्राप्त गरी सिर्जनशिल वहुउद्देश्यीय सहकारी संस्थाले व्यवशायीलाई उपलव्ध गराएको थियो ।

 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ