२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

नागरिक समाजका अगुवाले गराए राजनैतिक दललाई ध्यानाकर्षण

२०७३, २१ चैत्र सोमबार ०९:४३


दलसिंह गिरी/चैत २१, कालिकोट । स्थानीय निकायको निर्वाचन आउन करिव ६ हप्ता मात्र बाकि रहदा कालिकोटका नागरिक समाजका अगुवाहरुले विद्यालय शान्तिक्षेत्र घोषणा अभियानमा राजनैतिकदलहरुले गरेका प्रतिवद्धताबारे सजक गराएका छन् । 

स्थानीय निर्वाचन नजिकिदै गर्दा बालकालिकाहरुलाई प्रत्यक्ष राजनैतिक गतिविधिमा प्रयोग गर्न सक्ने, चुनाव प्रचार प्रसारको नाममा विद्यालयहरुमा नियमित भैरहेको पठनपाठनमा बाधा पुगाउने, विद्यालय क्षेत्र भित्र राजनैतिक गतिविधिहरु गर्न सक्ने जस्ता विविध गतिविधि हुन नदिन राजनैतिकदलहरुलाई सजक गराएका हुन् ।

जिल्ला नागरिकसमाज संजाल तथा बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियानका जिल्ला संयोजक दमनराज बमको संयोजकत्वमा जिल्लाका कृयाशिल नागरिकसमाजका अगुवाहरुले विद्यालय शान्तिक्षेत्र घोषणा अभियानमा सम्पूर्ण राजनैतिकदलहरु एकेवद्धता छौं भन्दै केन्द्रीय स्तरका राजनैतिकदलहरुले गरेको प्रतिवद्धता संगै जिल्ला स्तरीय राजनैतिकदल तथा सरोकारवाला निकायहरुले गएको असारमा गरेको प्रतिवद्धताको कार्यान्वयन तथा नजिकिदै गरेको आसन्न निर्वाचनमा नागरिकको भूमिका बारे छलफलको आयोजना गरी राजनैतिकदलहरुलाई सजक गराएका छन् । 

विशेष गरी नागरिक समाजका अगुवाहरुले स्थानीय निर्वाचनका लागि निर्वाचन आयोगले निर्धारण गरेका आचार संहितामा उल्लेख गरिए अनुसार निर्वाचन सुरुहुनु पूर्वको ६ दिन पहिले सम्पूर्ण विद्यालयहरु बन्द गर्ने भनिएकाले निर्वाचन केन्द्र तोकिएका विद्यालय बाहेक अन्य विद्यालयहरुमा पठनपाठन नियमित गराउन सम्बन्धित निकायलाई पहल गर्ने, विद्यालय हाता भित्र उम्मेदवार सम्बन्धिका पर्चा पम्प्लेट तथा भित्तेलेखन जस्ता प्रचार प्रसार गतिविधि गर्न नदिने, बालबालिकाहरुलाई प्रत्यक्ष रुपमा राजनैतिक गतिविधिमा नलगाउन दिने जस्ता विषयमा छलफल गरी यसको कार्यान्वयनका लागि सबै राजनैतिक दल, जिल्ला शिक्षा कार्यालय र जिल्ला निर्वाचन कार्यालयलाई ध्यानाकर्षण पत्र समेत बुझाएका छन् । 

यसको सहजिकरण किर्डाक नेपालका बालअधिकार अधिकृत धनिराम न्यौपाने सेभ द चिल्ड्रेनका जिल्ला अधिकृत बाले विश्वकर्मा, प्रमोद न्यौपाने लगायतले गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति