२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

नागरिक समाजका अगुवाले गराए राजनैतिक दललाई ध्यानाकर्षण

२१ चैत्र २०७३, सोमबार ०९:४३


दलसिंह गिरी/चैत २१, कालिकोट । स्थानीय निकायको निर्वाचन आउन करिव ६ हप्ता मात्र बाकि रहदा कालिकोटका नागरिक समाजका अगुवाहरुले विद्यालय शान्तिक्षेत्र घोषणा अभियानमा राजनैतिकदलहरुले गरेका प्रतिवद्धताबारे सजक गराएका छन् । 

स्थानीय निर्वाचन नजिकिदै गर्दा बालकालिकाहरुलाई प्रत्यक्ष राजनैतिक गतिविधिमा प्रयोग गर्न सक्ने, चुनाव प्रचार प्रसारको नाममा विद्यालयहरुमा नियमित भैरहेको पठनपाठनमा बाधा पुगाउने, विद्यालय क्षेत्र भित्र राजनैतिक गतिविधिहरु गर्न सक्ने जस्ता विविध गतिविधि हुन नदिन राजनैतिकदलहरुलाई सजक गराएका हुन् ।

जिल्ला नागरिकसमाज संजाल तथा बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियानका जिल्ला संयोजक दमनराज बमको संयोजकत्वमा जिल्लाका कृयाशिल नागरिकसमाजका अगुवाहरुले विद्यालय शान्तिक्षेत्र घोषणा अभियानमा सम्पूर्ण राजनैतिकदलहरु एकेवद्धता छौं भन्दै केन्द्रीय स्तरका राजनैतिकदलहरुले गरेको प्रतिवद्धता संगै जिल्ला स्तरीय राजनैतिकदल तथा सरोकारवाला निकायहरुले गएको असारमा गरेको प्रतिवद्धताको कार्यान्वयन तथा नजिकिदै गरेको आसन्न निर्वाचनमा नागरिकको भूमिका बारे छलफलको आयोजना गरी राजनैतिकदलहरुलाई सजक गराएका छन् । 

विशेष गरी नागरिक समाजका अगुवाहरुले स्थानीय निर्वाचनका लागि निर्वाचन आयोगले निर्धारण गरेका आचार संहितामा उल्लेख गरिए अनुसार निर्वाचन सुरुहुनु पूर्वको ६ दिन पहिले सम्पूर्ण विद्यालयहरु बन्द गर्ने भनिएकाले निर्वाचन केन्द्र तोकिएका विद्यालय बाहेक अन्य विद्यालयहरुमा पठनपाठन नियमित गराउन सम्बन्धित निकायलाई पहल गर्ने, विद्यालय हाता भित्र उम्मेदवार सम्बन्धिका पर्चा पम्प्लेट तथा भित्तेलेखन जस्ता प्रचार प्रसार गतिविधि गर्न नदिने, बालबालिकाहरुलाई प्रत्यक्ष रुपमा राजनैतिक गतिविधिमा नलगाउन दिने जस्ता विषयमा छलफल गरी यसको कार्यान्वयनका लागि सबै राजनैतिक दल, जिल्ला शिक्षा कार्यालय र जिल्ला निर्वाचन कार्यालयलाई ध्यानाकर्षण पत्र समेत बुझाएका छन् । 

यसको सहजिकरण किर्डाक नेपालका बालअधिकार अधिकृत धनिराम न्यौपाने सेभ द चिल्ड्रेनका जिल्ला अधिकृत बाले विश्वकर्मा, प्रमोद न्यौपाने लगायतले गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ