दैजी–बेल्डाँडी सडक खण्ड जिर्ण, नहरमा ट्रक पल्टीयो

Posted on: 03 Apr, 2017


विमल धामी/चैत २१, कञ्चनपुर । कञ्चनपुरको दक्षिणी क्षेत्र जोड्ने सबै भन्दा छोटो दुरीमा रहेको दैजी–बेल्डाँडी सडक खण्डमा सोमवार बिहान ट्रक दुर्घटना भएको छ ।

से.१ ख ७७० नं. को ट्रक महाकाली ढुङ्गा, समान ल्याउनको लागि गईरहेको बेला केम्प चेक पोईन्ट देखि ५० मिटर अगाडी गएर नहरमा खसेको हो । डिल्लीराज जोशीको शाहु रहेको गाडी बासुदेव जोशी ड्राभरले गाडि चलाएका बेला सडकको अवस्था जिण भएका कारण गाडी नहरमा खसेको हुन सक्ने स्थानिय हरुले बताएका छन् । उक्त ट्रकमा १० जना जति यात्रुहरु पनि बसेको ड्राईभरले बताए । सवार गरेका सबै सुरक्षित उद्धार गरिएको क्याम्प प्रहरीले जनाएको छ । 

दैजी बेल्डाँडी सडक खण्ड हुलाकी रोडमा परिणत भएर यसको शिलन्यास भए पनि काम शुरु नभएको प्रति स्थानियहरु मर्कामा परेका छन् । बर्खा यममा यो सडकमा हिलो हिलो हुने गरेको छ भने हिउँद र गर्मीमा धुलै धुलोले हिन्न नसकिने अवस्था रहेको छ । 

स्थानिय सन्देश पाण्डेयले भने दिनहुँ यस सडक खण्डमा हजारौँ गाडी हिन्ने हुनाले बाटोको अवस्था जिण बन्दै गएको बताए । यस सडकको रेखदेख नहुनु र सडक बनाउनु पर्छ भनेर कसैले नि वास्था नर्गनाले झिन झिन जिण बन्दै गएको बताए ।

यस्तै अर्का यस सडकमा दैनिक यात्रा गर्ने स्थानिय मदन खत्री भन्छन् “ यो सडकमा पुर्नवास देखि यताका सबै टेक्टरहरु छोटो बाटो भएकाले यसै वाटो चल्ने गर्छन् टेक्टरका कारण बाटो बिग्रिने गरेको बताए । उनले भने शिलन्यास भैसकेको बाटो यता दैजी र बेल्डाँडी क्याम्प देखि निर्माण कार्य शरु गर्नु पर्नेमा जोड दिए ।

बेल्डाँडीका स्थानिय भन्छन् यो सडक दैजी चेक पोइन्ट देखि निर्माण कार्य शरुवात हुन पर्नेमा जोड दिए । यो सडक जिणका कारण दैनिक एक न एक गाडी बिग्रीने गरेको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!