२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

रेडियोको बार्षिकोत्सवमा सहयोग वितरण

२१ चैत्र २०७३, सोमबार १०:४६


चैत २१, सल्यान । सल्यानको रेडियो तहल्काले आज आफ्नो दोस्रो बार्षिकोत्सव मनाएको छ । 

रेडियो आज एक अपाङ्ग बालकलाई नगद सहित शैक्षिक सामाग्री प्रदान गरेर आफ्नो बार्षिकोत्सव मनाएको हो । कुपिण्डेदह वडा नं. १ थारा स्थायी ठेगाना भई हाल शारदा नगरपालिका २ खलंगामा बस्दै आएका कृष्ण बहादुर कामीका अपांग छोरा भागिराम वि.क.लाई शैक्षिक सामाग्री र १५ सय रुपैयाँ दिएर मनाएको रेडियोका स्टेशन म्यानेजर डिल्लीराज रावतले जानकारी दिएका छन । 

२०६३ असार २६ मा जन्मिएका भागिरामको जन्मजात घुडा भन्दा तल हड्डी नभएको र ६ इन्च कम भएकाले ८ बर्षको हुदा काटेर कृतिम खुट्टा राखिएको छ । 

अहिले खलंगामा रहेको बाल शिक्षा मन्दिरमा कक्षा ४ मा अध्ययन गरिरहेका भागिरामको पठनपाठनमा सहयोग मिलोस भनेर सहयोग रकम हस्तान्तरण गरिएको हो । रेडियो परिवार बालकको घरमा नै पुगेर शैक्षिक सामाग्री र रकम वितरण गरेका हुन । 


सहयोग हस्तान्तरण कार्यक्रममा रेडियोका स्टेशन म्यानेजरले आफुहरुले अन्य औपचारीक कार्यक्रमहरु विभिन्न समयमा गर्दै आएकोले यस्ता समयमा पिडितलाई थोरै भएपनि राहत हवस भनेर बार्षिक उत्सवका लागि छुट्याएको रकमबाट नै गरिव परिवारलाई सहयोग गरेको बताएका छन । 

त्यस्तै खलंगामा अस्थायी टहरा बनाइ घुम्तीमा तरकारी र मासु पसल संचालन गर्दै आएका परिवारजनले यो शैक्षिक सामाग्री र रकमले बच्चाको पठनपाठनमा सहयोग हुने भन्दै रेडियो तहल्कालाई धन्यवाद दिएका छन । 

२०७१ चैत्र २१ गतेदेखि प्रशारण गरेको रेडियो तहल्काले दैनिक १६ घण्टा आफ्नो प्रशारण गर्दै आएको छ । खबर, जनजागरण र मनोरञ्जनका लागि रेडियो तहल्का भन्दै शुरु भएको रेडियो तहल्काले हरेक घण्टा स्थानिय तथा राष्ट्रिय समाचार प्रशारण गर्दै आएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ