बेल्डाँडीमा सिमा सुरक्षा बलका लागि ठाउँ तोक्यो

Posted on: 04 Apr, 2017


विमल धामी/चैत्र २२, कञ्चनपुर । कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेल्डाँडी गाउँपालिकाको वडा नं. ५ झिलमिला फाटा नजिक सिमा सुरक्षा बलको क्याम्प राख्नका लागि २ बिघा जमिन दिईएको छ ।

स्थानिय राजनितिक दल, किसान मध्यवर्ती सामुदायिक, सिमाका नागरिकहरुको पहलमा वन कार्यालयले २ बिघा जमिन दिने निर्णय गरेको छ । भारतीय सिमामा बिभिन्न खाले अपराधिक, सिमा मिच्ने कार्य बढेकाले स्थानियहरुको माग बमोजीम बन कार्यालयले २ बिघा जमिन दिने निर्र्णय गरेको हो ।

भारतीयहरु बाट बारम बार पिडित हुदै गरेका सिमा वासीहरु सिमा सुरक्षा बल आउने भए पछि हर्षित भएका छन् । मंगल वार सिमा सुरक्षा वलले आफुलाई दिएको ठाउँको अवलोकन गरेको छ । स्थानिय दल र स्थानि बासीहरुको रहोवरमा आज अवलोकान गरेको हो । 

३१ नं. पिल्लर भन्दा १ किलोमिटर उत्तर र भारतीय सिमा सुरक्षा बल भन्दा २ किलो मिटर टाढा र शिद्धार्थ युवा क्लवको पश्चिम तिर रहेको जमिन क्याम्पलाई दिएको स्थानिय नेता सन्देश पाण्डेले जानकारी गराउनु भयो । उनले भने “ दुई देश बिच सिमाका कारण हुने पटक पटक बिवादलाई अन्त्य गर्नको लागि शसत्र प्रहरी बल राख्नु परेको बताए । ” 

सिमा सुरक्षा बल बस्यो भने नेपाली लाई डर, त्रास, धक्की जस्ता कार्य घट्ने र मातृ भुमिको रक्षा गर्न सजिलो हुने स्थानियहरुको बुझाई रहेको छ ।

आफुहरुले क्याम्प राख्नको लागि संगठनमा पहल गरेको बेलौरी सिमा सुरक्षा बलका ईन्चार्ज राम वहादुर खत्रीले जानकारी दिनु भयो । उनले भने आफुहरुलाई बस्ने ठाउँ नभएर समस्या भएको थियो अव छिट्टै क्याम्प बन्ने आसवासन दिएका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!