विमल धामी/चैत्र २२, कञ्चनपुर । कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेल्डाँडी गाउँपालिकाको वडा नं. ५ झिलमिला फाटा नजिक सिमा सुरक्षा बलको क्याम्प राख्नका लागि २"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

विमल धामी/चैत्र २२, कञ्चनपुर । कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेल्डाँडी गाउँपालिकाको वडा नं. ५ झिलमिला फाटा नजिक सिमा सुरक्षा बलको क्याम्प राख्नका लागि २"/>

२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

बेल्डाँडीमा सिमा सुरक्षा बलका लागि ठाउँ तोक्यो

२०७३, २२ चैत्र मंगलवार ०८:३१


विमल धामी/चैत्र २२, कञ्चनपुर । कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेल्डाँडी गाउँपालिकाको वडा नं. ५ झिलमिला फाटा नजिक सिमा सुरक्षा बलको क्याम्प राख्नका लागि २ बिघा जमिन दिईएको छ ।

स्थानिय राजनितिक दल, किसान मध्यवर्ती सामुदायिक, सिमाका नागरिकहरुको पहलमा वन कार्यालयले २ बिघा जमिन दिने निर्णय गरेको छ । भारतीय सिमामा बिभिन्न खाले अपराधिक, सिमा मिच्ने कार्य बढेकाले स्थानियहरुको माग बमोजीम बन कार्यालयले २ बिघा जमिन दिने निर्र्णय गरेको हो ।

भारतीयहरु बाट बारम बार पिडित हुदै गरेका सिमा वासीहरु सिमा सुरक्षा बल आउने भए पछि हर्षित भएका छन् । मंगल वार सिमा सुरक्षा वलले आफुलाई दिएको ठाउँको अवलोकन गरेको छ । स्थानिय दल र स्थानि बासीहरुको रहोवरमा आज अवलोकान गरेको हो । 

३१ नं. पिल्लर भन्दा १ किलोमिटर उत्तर र भारतीय सिमा सुरक्षा बल भन्दा २ किलो मिटर टाढा र शिद्धार्थ युवा क्लवको पश्चिम तिर रहेको जमिन क्याम्पलाई दिएको स्थानिय नेता सन्देश पाण्डेले जानकारी गराउनु भयो । उनले भने “ दुई देश बिच सिमाका कारण हुने पटक पटक बिवादलाई अन्त्य गर्नको लागि शसत्र प्रहरी बल राख्नु परेको बताए । ” 

सिमा सुरक्षा बल बस्यो भने नेपाली लाई डर, त्रास, धक्की जस्ता कार्य घट्ने र मातृ भुमिको रक्षा गर्न सजिलो हुने स्थानियहरुको बुझाई रहेको छ ।

आफुहरुले क्याम्प राख्नको लागि संगठनमा पहल गरेको बेलौरी सिमा सुरक्षा बलका ईन्चार्ज राम वहादुर खत्रीले जानकारी दिनु भयो । उनले भने आफुहरुलाई बस्ने ठाउँ नभएर समस्या भएको थियो अव छिट्टै क्याम्प बन्ने आसवासन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति