२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाँके - BNK

बाँकेमा सीमाक्षेत्र विकास कार्यक्रम

२३ चैत्र २०७३, बुधबार ०५:५१

चैत २३, नेपालगन्ज । भारतसँग सीमा जोडिएका बाँके जिल्लाका गाविसमा सरकारले २०७२/०७३ देखि सीमा क्षेत्र विकास कार्यक्रम सञ्चालन गरेको छ । 

यस जिल्लाको १२ ग्रामीण र नेपालगन्ज उपमहानगरपालिकाका दुई वडासँग सीमा जोडिएका क्षेत्रमा सो कार्यक्रम सञ्चालनका लागि सरकारले चालु आव २०७३/२०७४ का लागि जिल्ला समन्वय समितिलाई रु तीन करोड २९ लाख बजेट विनियोजन गरेको छ । 

भारतीय सीमा क्षेत्रमा बसोबास गर्ने नेपालीको विकासको अवस्था दयनीय हुने गरेको तर सँगै सीमापारी भारतीयको अवस्था त्योभन्दा राम्रो देखिएको कुरालाई दृष्टिगत गरी सरकारले यो कार्यक्रम सञ्चालन गरेको स्थानीय विकास अधिकारी हरि प्याकुरेलले बताउनुभयो । 

कार्यक्रमअन्तर्गत विद्युतीकरण, कालोपत्रे सडक र इँटा बिछ्याइएको सडक, ढल निकास, कलभर्ट निर्माण, शौचालय निर्माण, आयस्तर वृद्धिलगायतको गतिविधि सञ्चालन हुने जनाइएको छ । 

“सीमा क्षेत्र विकास कार्यक्रम सञ्चालन कार्यविधिले प्रष्ट देखिने काम गर्नुपर्ने निर्देशन गरेकाले हामीले सोहीबमोजिम कार्यक्रम सञ्चालन गर्नुपर्ने हुन्छ”– स्थानीय विकास अधिकारी प्याकुरेल भन्नुहुन्छ । 

सरकारले बाँके जिल्लासहित मुलुकका झापादेखि कञ्चनपुरसम्मका २० जिल्लामा सीमा क्षेत्र विकास कार्यक्रम सञ्चालन गरेको छ जसअन्तर्गत साविक २१२ गाविस र २६ नगरपालिकाको ११२ वडालाई कार्यक्रममा समेटिएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ