२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जाजरकोट - JKT

टुहुरा तथा विपन्नका लागि अक्षयकोष

२०७३, २३ चैत्र बुधबार ०६:१६

चैत २३, जाजरकोट । जाजरकोटको एक विद्यालयमा गरिब, विपन्न तथा टुहुरा बालबालिकालाई सहयोग गर्न अक्षयकोषको स्थापना गरिएको छ । 

जाजरकोटको बारेकोट विशेष गाँउपालिका–१ रामीडाँडाको कालिका आदर्श माविमा गाउँमा भएका टुहुरा, गरिब तथा विपन्न परिवारका बालबालिकालाई सहयोग गर्न अक्षयकोषको स्थापना गरिएको हो । 

आर्थिकरुपमा विपन्न, आमाबाबु नभई टुहुरा भई विचल्लीमा परी नियमित विद्यालय नआउने बालबालिकालाई सहयोग गरी नियमितरुपमा विद्यालय आउने बनाउन विद्यालयले अक्षयकोषको स्थापना गरिएको कालिका आदर्श मावि रामीडाँडाका प्रधानाध्यापक पृथ्वीराज ज्योतिले बताउनुभयो । 

शिक्षकको तलब कटाएर र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीबाट रकम उठाएर रु २८ हजार नगद जम्मा गरी अक्षयकोषको स्थापना गरिएको ज्योतिले जानकारी दिनुभयो । विपन्न तथा टुहुरा बालबालिकालाई सहयोग गर्न सहायता कोष स्थापना गरिएको उहाँले बताउनुभयो । 

अक्षयकोषको ब्याजबाट आउने रकम गरिब विपन्न तथा टुहुरा बालबालिकालाई कापीकलम किन्न सहयोग गर्ने गरिएको ज्योतिको भनाइ छ । 

बाबुको मृत्यु तथा आमाले अन्यत्र विवाह गरेर गएपछि विचल्लीमा परेका बारेकोट विशेष गाउँपालिका–१ रामीडाँडाका दलित शिव नेपाली र जुम्ल्याहा बहिनी सीता विक र पार्वती विकलाई यो कोषबाट सहयोग गरिएको र आगामी वर्षदेखि बढाउँदै जाने उहाँले बताउनुभयो । 

विचल्लीमा परेका शिव नेपाली कक्षा ४, सीता विक र पार्वती विक कक्षा २ मा कालिका आदर्श माविमा अध्ययनरत छन् । गरिब परिवारका यी बालबालिका बाबुको मृत्यु तथा आमाको अन्यत्र विवाह भएपछि विचल्लीमा परेका थिए । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति