२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सातसय पचास घर अन्धकारमा

२०७३, २४ चैत्र बिहीबार ०९:५५

चैत २४, सोलुखुम्बु । सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाअन्तर्गत गुदेलमा सञ्चालित बुदुम खोला लघु जलविद्युत आयोजनाको कुलो भत्किँदा त्यस आयोजनाका ७ सय ५० भन्दा बढि घरधुरी उपभोक्ता एक सातादेखी अन्धकारमा परेका छन् । 

आयोजना उपभोक्ता समितिका अध्यक्ष संचराम राईका अनुसार आयोजनाको कुलो करिब ३० मिटर भत्किँदा बिद्युत् उत्पादन ठप्प भएको हो । अप्ठ्यारो स्थानमा कुलो भत्किएर पहिरो गएका कारण कुलो बनाउन कम्तिमा एक महिना लाग्ने अध्यक्ष राईले जानकारी दिनुभयो । एकसय किलोवाट क्षमताको सो आयोजना दुई वर्ष अघिदेखि सुरु भएको हो । 

बिद्युत् अबरुद्ध भएपछि बत्ती बाल्न नपाउनुका साथै मोबाइल चार्जसमेत गर्न नपाउँदा सम्पर्क गर्न मुस्किल परेको गुदेल स्वास्थ्य चौकीका इन्चार्ज रामु केसीले जानकारी दिनुभयो । बिद्युत् बन्द हुँदा बिद्युतीय मिल, कम्प्युटर कक्षालगायत प्रभावित भएका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति