२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीका निजी स्वास्थ्य संस्था कानुनी दायरामा

२४ चैत्र २०७३, बिहीबार १०:०९

चैत २४, नवलपरासी । नवलपरासीमा अबैधरुपमा सञ्चालन हुँदै आएका निजी स्वास्थ्य संस्थाहरुलाई कानुनी दायरामा ल्याउन लागिएको छ । 

नवलपरासीमा मापदण्डविपरित सञ्चालित त्यस्ता निजी स्वास्थ्य संस्थाहरुलाई कानुनी दायरामा ल्याउन स्थानीय प्रशासन लागिपरेको हो । यसअन्तर्गत मापदण्डविपरित सञ्चालन हुँदै आएका निजी स्वास्थ्य संस्थाहरुको अनुगमन गरी नौवटा निजी संस्थालाई सीलबन्दीसमेत गरिसकिएको छ । 

गँैडाकोटको अन्नपूर्ण फार्मेसी, रञ्जिता मेडिकल हल, कावासोतीको सञ्जीवनी मेडिकल हल, मनकामना हेल्थ्य केयरलगायतका स्वास्थ्य संस्थामा सील गरिएको हो । 

यसैगरी, सीलबन्दी भएका अन्य स्वास्थ्य संस्थामा कुमारवर्ती औषधालय, जीवन मेडिकल हल, रितिशा हेल्थ क्लिनीकल, मुकुन्दसेन डेन्टल केयर प्रालि र सप्तगण्डकी मेडिकल हल रहेका छन् । 

जिल्ला प्रशासन कार्यालय र स्वास्थ्य कार्यालयको संयुक्त टोलीले ती संस्थाहरुमा अनुगमन गर्दा मापदण्डबिपरित सेवा प्रदान गर्दै आएको पाइएकाले सीलबन्दी गरिएको जिल्ला स्वास्थ्य प्रमुख अरुणकुमार महतोले बताउनुभयो । 

साठी प्रतिशतभन्दा बढि स्वास्थ्य संस्थाहरुले फार्मेसीको आडमा कार्यालयको अनुमतिविना विभिन्न सेवा प्रदान गर्दै आएको जिल्ला स्वास्थ्य कार्यालयको अनुमान छ । जिल्ला स्वास्थ्य कार्यालयको क्षेत्राधिकार भित्र २५ शैयाका स्वास्थ्य संस्थाहरु पर्दछन् जुन अहिले जिल्लामा ३९ वटा निजी स्वास्थ्य संस्था अनुमति प्राप्त भई नियमित रुपमा सञ्चालित छन् । 

जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार छवटा पुराना र यही फागुन मसान्तसम्ममा २७ वटा नयाँ स्वास्थ्य संस्थाले अनुमति प्राप्त गरेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ