२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा कसैले पनि बुझाएनन् हतियार

२५ चैत्र २०७३, शुक्रबार ०५:४८

चैत २५, नवलपरासी । नवलपरासीमा स्थानीय प्रशासनले इजाजतपत्र प्राप्त हातहतियार स्थानीय प्रहरी कार्यालयमा बुझाउन आग्रह गरे पनि कसैले पनि हातहतियार बुझाएका छैनन् । 

स्थानिय प्रशासनले सूचना प्रकाशन गरी गत चैत १६ गतेभित्र स्थानीय प्रहरी कार्यालयमा अनिवार्यरुपमा इजाजतपत्र प्राप्त हातहतियार बुझाउन सम्बन्धित सबैको सूचना जारी गरेको थियो । 

यद्यपि सूचना जारी भई म्याद सकिएपनि कसैले पनि प्रहरीमा हातहतियार नबुझाएको प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले जानकारी दिनुभयो । 

नवलपरासीमा विभिन्न किसिमका तीनसय ३५ थान बन्दुकलाई निजी प्रयोजनका लागि आफनो सुरक्षार्थ लाइसन्स दिइएको प्रशासन कार्यालयको तथ्याङ्क छ जसमध्ये सबैभन्दा बढी १२ बोरका दुई सय ४२ बन्दुकको लाइसेन्स दिएको जिल्ला प्रशासनले जनाएको छ । 

यसैगरी भरुवा तीन, कटुई १३ र २२ बोरको राइफल पाँचच थान, १२ र २३ बोरको तीन, पेस्तोल एक, बृजलोड आठ, मेनीचर दुई थानलगायत विभिन्न देशमा निर्मित विभिन्न प्रकारका बन्दुकलाई इजाजत दिइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

पहिलो चरणमा सूचना जारी भई म्याद सकिए पनि हालसम्म कसैले पनि हातहतियार कार्यालयमा नबुझाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विष्णुहरि कोइरालाले जानकारी दिनुभयो । आसन्न स्थानीय तहको निर्वाचनलाई निष्पक्ष, शान्तिपुर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न हातहतियार खरखजाना ऐन, २०१९ को दफा ८ अनुसार विभिन्न व्यक्तिसँग रहेका हातहतियार प्रहरीमा बुुझाउन स्थानीय प्रशासनले सूचित गरिएको थियो । 

लामो समसम्म पनि एउटा पनि हातहतियार प्रहरी कार्यालयमा इजाजतपत्र लिएका व्यक्तिले नबुझाएपछि पुन स्थानीय प्रशासन कार्यालयले पुनः सूचना जारी गरी आगामी वैशाख १६ गतेभित्र स्थानीय प्रहरी कार्यालयमा अनिवार्यरुपमा इजाजतपत्र प्राप्त हातहतियार बुझाउन सम्बन्धित सबैका लागि स्थानीय प्रशासनले सूचना जारी गरेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ