जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार उक्त "/>
जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार उक्त "/>
सागर शर्मा/चैत २५, प्युठान । झिमरुक नदी किनारमा फेला परेको बेवारिसे शवको शुक्रबार विहान पहिचान भएको छ ।
जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार उक्त शव प्युठान नगरपालिका ४ थापँडाडा लायलखोलाका २३ वर्षिय नम बहादुर नेपाली भएको पुष्टि गरिएको छ ।
झिमरुक खोला खेलकुद मैदान नजिक हिजो विहान शव फेला परेको थियो । शवको पोष्टमाटम गरि आफन्तलाई बुझाउने काम भईरहेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी नायव उपरिवेक्षक रञ्जितसिंह राठोरले वताउनु भयो ।
साथै घटनाबारे थप अनुसन्धान गर्ने काम भईरहेको समेत जानकारी दिनुभयो । मृतकका दाजु चन्द्र बहादुर नेपालीले आफ्नै भाईको शव भएको प्रहरीलाई जानकारी दिनुभयो ।