२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

लम्जुङ्ग - LMG

विश्व स्वास्थ्य दिवसको अवसरमा निःशुल्क स्वास्थ्य परीक्षण

२५ चैत्र २०७३, शुक्रबार ०८:१२

चैत २५, बेँसीसहर । विश्व स्वास्थ्य दिवसको अवसरमा बेँसीसहरको बालगृहमा रहेका बालबालिकाको स्वास्थ्य परीक्षण गरिएको छ । 

जिल्ला जनस्वास्थ्य कार्यालय लमजुङको आयोजनामा बेँसीसहरस्थित आदर्श बालगृहमा रहेका बालबालिकाको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको हो । 

बन्दकोठामा भाषण गर्नुभन्दा सेवा गरेर नै दिवस मनाउनु उपयुक्त ठानी निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम आयोजना गरिएको जनस्वास्थ्य प्रमुख दुर्गादत्त चापागार्इंले बताउनुभयो । 

जिल्ला स्वास्थ्य समन्वय समितिका संयोजक एवम् स्थानीय विकास अधिकारी डिल्लीराम सिग्देलको अध्यक्षतामा भएको सो कार्यक्रममा निमित्त प्रमुख जिल्ला अधिकारी तीर्थ थापाले बालगृहमा रहेका बालबालिकाको स्वास्थ्य परीक्षण कार्य प्रसंशीय रहेको बताउनुभयो । 

कार्यक्रममा लमजुङ सामुदायिक अस्पतालका चिकित्सकहरुले बालबालिकाको स्वास्थ्य परीक्षण तथा भूपू सैनिक डेन्टलहोमले पनि बालबालिकाको निःशुल्क दन्त परीक्षण गरेको थियो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ