३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

कास्कीमा एघार हजार बढीले गराए स्वास्थ्य बिमा

२५ चैत्र २०७३, शुक्रबार १०:०२

चैत २५, पोखरा । कास्कीमा साढे तीन महिनाको अवधिमा ११ हजार ४४९ जनाले स्वास्थ्य बिमा दर्ता गराएका छन् । 

गत पुस १२ गतेदेखि सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति, कास्कीले बिमा दर्ता प्रक्रिया सुरु गरेकामा आजसम्म दुई हजार ४८१ परिवार बिमामा आबद्ध भएका छन् । बिमा दर्ता गरेबापत समितिले रु ६५ लाख २१ हजार सङ्कलन गरेको छ । बिमा दर्ता भएका एक हजार ५७ जनाले सेवा लिएका र सेवा दिएका अस्पताललाई समितिले रु नौ लाख ६० हजार भुक्तानी गरिसकेको छ । 

गत वर्षको चैत २५ गतेदेखि कैलालीबाट सुरु भएको बिमा कार्यक्रम दोस्रो वर्षमा प्रवेश गर्न लागेको उपलक्ष्यमा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा शाखा प्रबन्धक कृष्णप्रसाद भट्टराईले बिमा दर्ता गरेका सदस्यले कास्कीका नौ सेवाप्रदायक स्वास्थ्य संस्थाबाट ५३० प्रकारका सूचीकृत औषधि र २७ वटा विविध उपचार सेवा पाउने बताउनुभयो । 

बिमा दर्ता गराएका सदस्यलाई सेवा दिने स्वास्थ्य संस्थालाई समितिले एक्स–रे, युएसजी, इसिजी र सेमी अटो एनभाइजर मेसिन उपलब्ध गराउने छ । जिल्लाका सेवा प्रदायक स्वास्थ्य संस्थामा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, मणिपाल अस्पताल, हिमालय आँखा अस्पताल, शिशुवा अस्पताल, मातृशिशु मितेरी अस्पताल, अर्मला, भेडाबारी, कृस्ती र थुम्सीकोट प्राथमिक स्वास्थ्य केन्द्र छन् । 

जिल्लामा हाल १०७ जना बिमा दर्ता सहयोगी एउटा महानगरपालिका र चार गाउँपालिकामा खटिएका छन् । सो कार्यक्रममा परिवारका सबै सदस्य सहभागी हुनुपर्ने परिवारको योगदानमा आधारित रहेको छ । प्रतिपाँच जनासम्मको परिवारले वार्षिक रु दुई हजार ५०० तथा पाँच जनाभन्दा बढी सदस्य भए प्रतिसदस्य रु ४२५ का दरले थप रकम बुझाउनुपर्ने छ । 

सुविधाको थैलीको सीमा पाँचजना परिवारको हकमा वार्षिक रु ५० हजार रहेको छ भने पाँच जनाभन्दा बढी परिवारका सदस्य भएमा प्रतिथप सदस्यबापत रु १० हजारको सीमा बढ्दै जाने र अधिकतम सीमा रु एक लाखसम्म कायम गरिएको छ । 

हाल कास्कीलगायत अछाम, बागलुङ, बैतडी, इलाम, म्याग्दी, पाल्पा र कैलालीसहित आठ जिल्लामा उक्त कार्यक्रम सुरु भएको र चालु आवभित्र थप २५ जिल्लामा सेवा विस्तार गर्ने योजना रहेको बताइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ