अमृत बास्तोला/चैत २६, तेह्रथुम । शुक्रबार साँझ भएको प्रहरी र स्थानीय बीचको झडप पछि तेह्रथुमको आठराई गाउँपालिकाको केन्द्र संक्रान्तिबजारको जनजीवन शनिवर प्रभावित भएको "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... अमृत बास्तोला/चैत २६, तेह्रथुम । शुक्रबार साँझ भएको प्रहरी र स्थानीय बीचको झडप पछि तेह्रथुमको आठराई गाउँपालिकाको केन्द्र संक्रान्तिबजारको जनजीवन शनिवर प्रभावित भएको "/>
2026-09-28 11:14 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

प्रहरी र स्थानीय बीचको झडपपछि संक्रान्तिबजार र यातायात ठप्प

अमृत बास्तोला/चैत २६, तेह्रथुम । शुक्रबार साँझ भएको प्रहरी र स्थानीय बीचको झडप पछि तेह्रथुमको आठराई गाउँपालिकाको केन्द्र संक्रान्तिबजारको जनजीवन शनिवर प्रभावित भएको छ ।  बजारका अधिकांश पसलहरु बन्द भएका छन् भने आठराईबाट छुट्ने यातायातका साधनहरु समेत ठप्प भएपछि स्थानीयको जनजीवन प्रभावित भएको हो । 

बजारको बीच भागमा रहेको प्रहरी कार्यालयमा शुक्रबार साँझ प्रदर्शनकारीबाट ढुङ्गा मुडा भएपछि पसलहरु पनि अस्रक्षित हुन सक्ने सम्भावनाले संक्रान्तिबजार र बजारमै लाग्ने साप्ताहिक हाट अचानक बन्द भएको उद्योग वाणिज्य संघ उपशाखा संक्रान्तिबजारका अध्यक्ष प्रेम पौडेलले जानकारी दिनु भयो । 

शुक्रबारै भएको  प्रहरी र स्थानीयको झडपमा सवारी चालक माथी प्रहरीले कुटपिट गरेको भन्दै सावारी चालाक र यातयात व्यावसायीहरुले यातायातका साधन बन्द गराइका छन् । आठराईबाट पाँचथर, इलाम, झापा र तेह्रथुम सदरमुकाम म्याङलुङका लागि छुट्ने दर्जनौ सवारी साधन ठप्प भएका छन् । 

निर्दोश चालक माथि भएको कुटपिटको छानबिन नभए सम्म र सवारी साधनको सुरक्षाको महशुस नभए सम्म यातायातका साधनहरु बन्द गरिने कन्चनजंगा यातायातका संक्रान्तिबजार काउन्टर ईन्चाज राजेन्द्र लिम्बुले जानकारी दिनु भयो । प्रहरी प्रशासनमा भने बजार बन्द र यातायत बन्दको कुनै आधिकारीक जनाकारी नआएको ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक डम्बर पुरीले बताउनु भएको छ  । 

गत चैत १७ गते आठराई गाउँपालिका–१, साविक सक्रान्तिबजार–३ की सरिता तामाङ घरैमा झुण्डिएको अवस्थामा फेला परेकी थिइन् । परिवारले उनले आत्महत्या गरेको बताएपनि माइती पक्ष र गाउँलेले हत्या भएको भन्दै हत्यारालाई तत्कालै कारवाही गर्न माग गर्दै शुक्रबार दिनभर इलाका प्रहरी कार्यालय अगाडि प्रहरी प्रशासन विरुद्ध प्रदर्शन गरेका थिए । 

महिला अधिकार कर्मि सहित स्थानीयको प्रदर्शन सगै प्रहरी प्रशासन र स्थानीय नेतृत्व सँगको वार्ता नमिले पछि आक्रोसित भिडले साँझ ५ बजेदेखि प्रहरी कार्यालयको प्रवेशद्धारमा तोड्फोड गर्ने प्रयास गरे पछि झडप भएको थियो 

प्रहरी र स्थानीय बीचको झडपलाई नियन्त्रणमा लिन प्रहरीले ५ राउड असुल ग्याँस र लाठी चार्ज समेत गरेको थियो । झडपको क्रममा सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार बिपराज राई सहित दर्जनौ प्रदर्शनकारी घाइते भएका थिए । प्रहरीले ६ जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ । घाइते प्रहरीको प्राथमिक स्वास्थ केन्द्र संक्रान्तिबजारमा उपचार भईरहेको बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह