२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुरा जिल्लामा डिजेलेको कालोवजारी

९ फाल्गुन २०७२, आईतवार ०३:०५

ललित बोहरा, फागनु ९, डडेल्धुरा / भारतवाट डिजेलको सहज आपुर्ती भएपनि डडेल्धुरा जिल्लामा भने डिजेलेको कालोवजारी रोकिएको छैन । डडेल्धुरा जिल्लाको भारत संग सिमाना संग जोडिएको रुपाल गाविसमा डिजेलको खुलेयाम रुपमा कालोवजारी भईरहेको छ ।

जिल्लाको रुपाल गाविसमा अवैध रुपमा भारतवाट ल्याइएको डिजेल प्रति लिटेर १ सय ६० रुपैंयाँमा विक्रि भईरहेको छ । जिल्ला सदरमुकाम क्षेत्रमा सहज रुपमा डिजेलको आपुर्ती हुन नसक्दा भारतवाट तस्करी गरी ल्याइएको डिजेल रुपाल गाविसको वयलपाटा वजारका केही पशलेहरुले प्रति लिटर १ सय ६० रुपैंयाँमा विक्रि गरीरहेका छन् ।

जिल्ला सदरमुकामका ईन्धन विक्रेताहरुले कालोवजारी गरीरहेका समयमा ईन्धनको आवश्यकता पुर्ती गर्नका लागि यातायात व्यवसायीहरले रुपाल गाविसमा अवैध रुपमा विक्रि भईरहेको डिजेल किन्न वाध्य भएका छन् । नाकावन्दी सहज भई सक्दा सम्म पनि रुपाल गाविसमा भईरहकेो ईनधनको तस्कर िलाई नियन्त्रण गर्न नसक्दा रुपाल गाविसको वयलपाटा वजारमा डिजेलको खुलेयाम रुपमा कालोवजारी भईरहकेो छ ।

जिल्ला सदरमुकाम क्षेत्रमा सहज रुपमा डिजेल नपाउँदा वढी मुल्य तिरेर भए पनि रुपाल गाविसको वयलपाटा वजारमा रहेका केही व्यापारीहरुवाट डिजेल किनेर यातायात संचालन गर्नु परेको नाम नवताउने सर्तमा एक जना जिप व्यवसायीले वताए । जिप व्यवसायी मात्रै नभई निर्माण व्यवसायीहरुले समेत वढी मुल्य तिरेर डिजेल किन्न वाध्य भएका छन् ।वढी मुल्यमा किनेको डिजेल वाट यातायातका सवारी साधन संचालन गर्दा यात्रुहरुवाट वढी भाडा लिनु परेको समेत जिप व्यवसायीले वताएका छन् ।

डिजेलको सहज आपुर्ती भएपछि आफुहरुले यातायातको भाडा पनि घटाउने समेत यातायात व्यवसायीको भनाई रहेको छ । भारतको उत्तराखण्डका विभिन्न सहरवाट तस्करी गरी ल्याइएको डिजेल अवैध रुपमा महाकाली नदी पार गरी खच्चर वाट रुपाल गाविसको वयलपाटा वजार सम्म ल्याएर विक्रि गर्ने गरीन्छ ।

वयलपाटा वजार नजिकै प्रहरी चौकी भएपनि प्रहरी मुख दर्शक वनेको स्थानिय वासीन्दाको भनाई रहेको छ । अवैध रुपमा भित्रिने डिजेलका कारण एकातर्फ नेपाल सरकारलाई राजस्वमा घाटा भईरहेको छ भने अर्को तर्फ वढी मुल्यमा किनेको डिजेल वाट यातायातका सवारी सधन संचालन गर्दा यात्रुहरुले वढी भाडा तिरेर यात्रा गर्न वाध्य भएका छन् ।
जिल्ला सदरमुकाम क्षेत्रमा ईन्धनको आयात वढेको भएपनि अवैध रुपामा विक्रि हुने गरेका कारण हप्तौ दिन सम्म पालो कुरेर ईन्धन किन्न वाध्य भएका छन् ।

यता जिल्ला प्रशासन भने मौन वनेको छ । देशभर ईनधनको सहज आपुर्ती भएका समयमा डडेल्धुरामा भने ईनधनमा कालोवजारी वढ्दै गईरहेको छ । जिल्लामा भईरहेको ईनधनको कालेो वजारीमा जिल्ला प्रशासन देखी प्रहरीको समेत मिलेमतो रुहेको स्थानियले वताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य