२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

संविधानको कार्यान्वयनका लागि राष्ट्रिय एकता आवश्यक: बरिष्ठ नेता नेपाल

१८ फाल्गुन २०७२, मंगलवार ०३:०५

ललित बोहरा/ फागुन १८, डडेलधुरा । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपालले संविधानको सफल कार्यान्वयनका लागि राष्ट्रिय एकता आवश्यक रहेको बताउनु भएको छ । नेकपा एमाले जिल्ला कमिटि डडेल्धुराद्धारा सोमबार आयोजित कार्यकर्ता भेटमा बोल्दै नेता नेपालले अहिले नेपालको राष्ट्रियताको जगेर्ना गर्न आवश्यक रहेकाले मधेशी मोर्चा लगायत सबैलाई राष्ट्रियताको सवालमा एक हुन आग्रह गर्नुभयो ।.
aa

जिविस दार्चुलाको नवौ जिल्ला परिषदको उद्धाटन गरेर फर्किने क्रममा डडेल्धुरा पुग्नु भएका नेपालले सविंधान शंसोधन गर्ने कार्य गरिसकेको र सबै समुदायलाई समान अधिकारका साथै खास–खास समुदायलाई बिशेष अधिकार दिएको प्रष्ट पार्नुभयो । नेपालमा अब आर्थिक क्रान्तिको आवश्यकता रहेको भन्दै आर्थिक क्रान्तिको नेतृत्व पनि आफ्नो पार्टीले नै गर्न तयार रहेको उहाँले बताउनु भयो ।

नेता नेपालले नेपाल एकीकरणका अभियन्ता अमरसिंह थापाको सामरिक स्थल अमरगढी किल्लालगाएत प्रसिद्ध ऐतिहासिक र पर्यटकीय सम्भावना भएकाले सुदूरपश्चिमको विकासका लागि ध्यान दिन जरुरी रहेको बताउनु भयो । यसैबीच आज आयोजित कार्यक्रममा अन्य पार्टी परित्याग गरि थुप्रै कार्यकर्ताहरु एमालेमा प्रवेश गरेका छन ।

यस्तै कार्यकर्ता भेटघाटमा बोल्दै एमाले स्थाई कमेटी सदस्य तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाडेण्यले अबको एमालेको उद्धेश्य गाउँ गाउँको गरीबी हटाई बिदेशने युवाहरुलाई आफनै देशमा केही गर्ने वताबरण मिलाउने रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का