२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

झापामा ‘माछा ब्लक’ कार्यक्रम सुरु

२०७४, ३ बैशाख आईतवार ०८:४५

बैशाख ३, झापा। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत एक नगरपालिका र एक गाउँपालिकामा ‘माछा ब्लक’कार्यक्रम सुरु गरिएको छ । 

परियोजना अन्तर्गत गौरादह नगरपालिका र कचनकवल गाउँपालिकाको ६० हेक्टर जमिनमा माछा ब्लक कार्यक्रम सुरु गरिएको जिल्ला कृषि कार्यालयका सहायक प्राविधिक प्रदीप श्रेष्ठले जानकारी दिनुभयो । 

उहाँका अनुसार ब्लक कार्यक्रमलाई विस्तार गरी माछा जोनका रुपमा विकास गर्ने लक्ष्य राखिएको छ । यसका लागि पाँच सय हेक्टर जमिनमा माछापालन गर्नुपर्ने हुन्छ । माछा ब्लक क्षेत्रमा पोखरी खन्नका लागि प्रतिहेक्टर रू तीन लाख १४ हजार रुपैयाँ बजेट आएको सहायक प्राविधिक श्रेष्ठले बताउनुभयो । 

हाल झापामा माछाको उत्पादकत्व तीन दशमलव पाँच प्रतिशत रहेकामा यसलाई वृद्धि गरी चार बनाउने लक्ष्य छ । झापामा अहिले वार्षिक करिब एक हजार मेट्रिक टन माछा उत्पादन हुँदैआएको छ । 

यसैबीच, कार्यालयले जिल्लाभरका ४५ जना किसानलाई नयाँ पोखरी निर्माणका लागि रू ४५ लाख अनुदान उपलब्ध गराएको छ । पन्ध्र हेक्टर क्षेत्रफलमा नयाँ पोखरी निर्माणका लागि किसानलाई रकम उपलब्ध गराइएको प्राविधिक सहायक श्रेष्ठले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै