२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धनुषा - DNS

प्रेस मञ्चद्वारा पत्रकार महासंघको कार्यालय अगाडी धर्ना

२०७४, ३ बैशाख आईतवार ११:१२


बैशाख ३,पर्सा । सप्तरीका पत्रकारहरुले काठमाडौं केन्द्रिय कार्यालयमा जारी राखेको अनसन प्रति ऐक्यबद्धता जनाउँदै प्रेस मञ्च नेपाल पर्सा शाखालेले पत्रकार महासंघ पर्साको कार्यालयमा आइतबार एक घन्टा  धर्ना दिएका छन।

 प्रेस मञ्च नेपाल पर्साका अध्यक्ष बिजय ठाकुरका नेतृत्वमा सप्तरी शाखामा देखिएको समस्यालाई तत्काल समाधान गर्नका लागि जोरदार माग गर्दै महासंघ पर्सा शाखामा धर्ना दिएका थिए । धर्नापछि मञ्च पर्साका पदाधिकारीहरुले बिरगंजमा मोटरसाइकल रयाली समेत निकालेका थिए।धर्ना एवम् मोटरसाइकल रयालीमा प्रेस मञ्च  पर्साका सचीव दिपक चौरसिया,सह-सचीव राम मण्डल,सह(कोषाध्यक्ष कृष्ण यादव,जिल्ला सदस्यहरु दिपेन्द्र गिरि,आनन्द पटेल,अबिनास झा,अजहर हवारी,मुन्ना सरार्फ,मुना ठाकुर,मिलन सिह राई लगायत पर्साका कृयासिल पत्रकारहरुको सहभागीता रहेको थियो।  

प्रेस मञ्चको केन्द्रिय निणर्य अनुसार आइतबार मधेशका सबै जिल्लाका शाखाहरुमा १ घण्टा धर्ना दिएको मञ्चका केन्द्रिय अध्यक्ष सन्तोष पटेलले बताए ।यसअघि शनिबार प्रेस मञ्चका केन्द्रिय अध्यक्ष संतोष पटेलले एक प्रेस विज्ञप्ती जारी गरी सो एक्यब्द्धता जनाएका थिए । पटेलले सप्तरीका पत्रकारहरुले नेपाल पत्रकार महासंघ केन्द्रिय कार्यालय काठमाण्डौमा चैत्र ३० गते बाट धर्ना बसी रहेको र बारम बार महासंघ केन्द्रलाई जानकारी गराउदा समेत नेपाल पत्रकार महासंघ केन्द्रिय कार्यालयले सप्तरीका पत्रकारहरुले गर्दै आएको आन्दोलन एवं ध्यानाकर्षणलाई बेवास्ता गरेकोमा प्रेस मञ्च नेपालले कडा आपत्ती जनाएको थियो ।

 नेपाल पत्रकार महासंघले सप्तरी शाखमा विवाद हुदा समेत गैर जिम्मेवारीपन देखाई जिल्ला अधिवेशनको परिपत्र जारी गरी जिल्लाको क्रियासिल पत्रकरहरुलाई सदस्यताबाट बञ्चित गर्ने एवं महासंघको नेतृत्व र कार्य समितिको पहुच बाट बञ्चित गर्न कार्य अविलम्ब रोका गरी र सप्तरीका पत्रकारहरुको मागं पुरा गर्न नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष  एवं केन्द्रिय कार्य समितिलाई समेत प्रेस मञ्च नेपालले ध्यानाकर्षण समेत गराएको थियो । प्रेस मञ्च नेपालले सप्तरीका पत्रकारहरुको समर्थनमा मधेसका जिल्लाहरु पर्सा,बारा,रौतहट,सर्लाही,महोत्तरी,धनुषा,सप्तरी,सिरहा,सुनसरी,मोरङ,रुपन्देही,कपिलवस्तु ,बाके,कैलाली,चितवन,सहितको जिल्लामा पत्रकार महासंघ कार्यालय अगाडि एकैपटक साथ एक घन्टा धर्ना दिएको प्रेस मञ्च नेपालका केन्द्रिय अध्यक्ष सन्तोष पटेलले बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट