सागर शर्मा/बैशाख ४, प्यूठान । विद्यालय भर्ना नभएका बालबालिकालाई घरमै गएर भर्ना हुन आह्वानगर्ने जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।
सोमबार जिल्ला शिक्षा"/>

सोमबार जिल्ला शिक्षा कार्यालय प्यूठानले आफ्नै सभाहलमा गरेको विद्यार्थी भर्ना अभियान –२०७४ बिषयक अन्तक्रिया कार्यक्रममा घरघरमा विद्यालयभर्ना नभएका वालवालिकाहरुलाई घरमै गएर भर्ना गराउने जानकारी दिएको हो ।
‘हामी सबैको इच्छा, अनिवार्य निःशुल्क आधारभुत शिक्षा’भन्ने नारा सहित विद्यालयलाई क्षेत्र भित्र रहेका बालबालिकालाई सम्बन्धीत क्षेत्रभित्र वालभर्ना अभियान चलाउन लागेको जिल्ला शिक्षा अधिकारी कल्पना घिमिरेले बताइन् । जिल्लाका १९ ओटा विद्यालयमा सघन भर्ना अभियान चलाउने भएको हो ।
पुजा जाडगाउँ, खलाचौर र बाक्लिवाङ, रजवाराको ढाडखानी , लिघाको सरीमा, गोठीवाङको सुपरखोला र धपखोला, हंसपुरको दोमै, चुँजाको थाम, रम्दीको एकचोटे,स्वर्गद्धारीको अनक, बेलवासको तिमिले, प्यूठान नगरपालिकाको भेडावारी, डाडाँयाउँ र बाटुले, भिंग्रीको गावधारा, ओखरकोट चौके, मरन्ठानाको फुलवारी लगायतकाविद्यालयमा संघन रुपमाभर्ना अभियान चलाउन थालीएको हो ।
विद्यालय टाढा भएर भर्ना हुननआउने विद्यालयभर्ना भएर पनि नियमित उपस्थित नहुने भएकाले जिल्ला शिक्षा कार्यालयले नै भर्ना अभियान सञ्चालनगर्न लागेको अधिकारी घिमिरेले जानकारी दिइन् ।
जिल्ला शिक्षा कार्यालय प्यूठानले जिल्लामा रहेका किशोरी र सबै खाले अपाङ्गता भएका बालबालिकाहरुलाई अनुगमन तथा निरिक्षण गरि अभियान गर्ने निर्णय गरियो । ‘अनुगमन पछि वालवालिकाहरुलाई भर्ना गराउन अभिभावकलाई उत्प्रेरित गर्ने गरि लागेका छौँ।’ शिक्षाअधिकारी कल्पना घिमिरेले वताईन ।