बैशाख ५, काठमाडौँ | दलित समुदायका व्यक्तिहरुको कानूनी सशक्तिकरणमा महत्वपूर्ण योगदान पुर्याए वापत ल्यानकाउ नेपालका प्यारालिगल अमृत वि.सीलाई मारग्रेट क्यारोल लिगल एम्पावरमे"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

बैशाख ५, काठमाडौँ | दलित समुदायका व्यक्तिहरुको कानूनी सशक्तिकरणमा महत्वपूर्ण योगदान पुर्याए वापत ल्यानकाउ नेपालका प्यारालिगल अमृत वि.सीलाई मारग्रेट क्यारोल लिगल एम्पावरमे"/>

२०८३, ८ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

प्यारालिगल अमृत वि.सी सम्मानित

२०७४, ५ बैशाख मंगलवार ०६:४०


बैशाख ५, काठमाडौँ | दलित समुदायका व्यक्तिहरुको कानूनी सशक्तिकरणमा महत्वपूर्ण योगदान पुर्याए वापत ल्यानकाउ नेपालका प्यारालिगल अमृत वि.सीलाई मारग्रेट क्यारोल लिगल एम्पावरमेन्ट एक्सिलेन्स अवार्डबाट सम्मानित गरिएको छ ।

विगत एक दशक देखी दलित समुदायका व्यक्तिहरुको न्यायमा पहुँच वृद्धिका लागी निरन्तर कार्यरत अमृत वि.सी ले दिगो विकास लक्ष्य—१६ ( शान्ती, न्याय र मजबुत संस्था ) कार्यान्वयनका लागी दलितहरुको कानूनी चेतना जगाउने, प्रयोग गर्न लगाउने, कानूनको पालना गर्न र निर्माण गर्न सहजीकरण गरी कानूनको शक्ती आम जनता समक्ष पुर्याउने काम गरेकाले यो पुरस्कार प्रदान गरिएको ल्यानकाउ नेपालका कार्यकारी निर्देशक प्रभाकर बागचन्दले बताउनुभो । 

प्यारालिगल अमृत वि.सीलाई दोसल्ला ओढाएर प्रमाणपत्र सहित जिल्ला न्यायधिवक्ता प्रकाश बहादुर भण्डारी ले सम्मान गर्नुभएको थियो । सो अबसरमा बोल्दै जिल्ला न्यायधिवक्ता प्रकाश बहादुर भण्डारी ले कानुनलाई सबैले बुझने बनाउन ठुलो भुमिका खेल्न सक्ने बताउनुभयो । 

सम्मान प्राप्त गरेपछि प्यारालिगल अमृत वि.सी ले यो पुरस्कारले आफु जस्ता थुप्रै प्यारालिगललाई मेहनत साथ काम गर्न प्रेरणा मिल्ने बताउनुभयो । 


सो कार्यक्रममा बोल्दै समुदायका अध्यक्ष सिता विक र रिता पार्की र सामना टमट्टाले प्यारालिगलले आफुहरुलाई आफनो अधिकारका लागी बोल्न सिकाएको बताए । कानूनको जानकारीद्वारा गरिवीको मुक्ती मिल्ने रहेछ भन्ने पनि महशुस गरेको उनीहरुले बताए । 

कार्यक्रमका अध्यक्ष पत्रकार उम्मीद बागचन्दले दिगो विकास लक्ष्य कार्यन्वयनका लागी अमृत वि.सी जस्ता थुप्रै प्यारालिगको आवश्यकता भएको बताउनुभयो । 

कार्यक्रममा ठुलो संख्यामा समुदायका व्यक्ति, मानव अधिकार कर्मी र ल्यानकाउ नेपालका कार्यकारी निर्देशक प्रभाकर बागचन्द र भोज बहादुर पालको समेत सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ