जिल्ला प्रशासन कार्यालय पर्वतले आगामी बैशाख ३१ गते हुन गइरहेको स्थानीय तहको निर्वाचनको अवधिभर सुरक्षा कार्यमा खटिएका सुरक्षाकर्मीले बाहेक अन्य कुनैपनि व्यक्तिले हात हतियार लिएर हिड्न प्रतिवन्ध लगाएको छ । कार्यालयका अनुसार कुनै प"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जिल्ला प्रशासन कार्यालय पर्वतले आगामी बैशाख ३१ गते हुन गइरहेको स्थानीय तहको निर्वाचनको अवधिभर सुरक्षा कार्यमा खटिएका सुरक्षाकर्मीले बाहेक अन्य कुनैपनि व्यक्तिले हात हतियार लिएर हिड्न प्रतिवन्ध लगाएको छ । कार्यालयका अनुसार कुनै प"/>
३ माघ २०८२, शुक्रबार
पर्बत - PBT

हात हतियार लिएर हिड्न प्रतिबन्ध

६ बैशाख २०७४, बुधबार ०६:४९

जिल्ला प्रशासन कार्यालय पर्वतले आगामी बैशाख ३१ गते हुन गइरहेको स्थानीय तहको निर्वाचनको अवधिभर सुरक्षा कार्यमा खटिएका सुरक्षाकर्मीले बाहेक अन्य कुनैपनि व्यक्तिले हात हतियार लिएर हिड्न प्रतिवन्ध लगाएको छ । कार्यालयका अनुसार कुनै प्रकारको विष्फोटक पदार्थ वा रासायनिक वा विषालु पदार्थ, लाठी, भाला, खुकुरी, बन्दुक, पेस्तोल वा त्यस्तै प्रकारका अन्य हातहतियार लिएर हिँडडुल गर्न, प्रदर्शन गर्न वा प्रयोग गर्न गराउन पूर्णतः निषेध गरिएको हो । 

सहायक प्रमुख जिल्ला अधिकारी प्रविण ढकालका अनुसार प्रतिबन्धित गतिविधि भए गरेको पाइएमा कानून बमोजिम कारवाही हुने जानकारी दिए । साथै कार्यालयले जारी गरेको सूचना अनुसार मदिरा तथा मदिराजन्य पदार्थको अवैध उत्पादन तथा बिक्री वितरण कार्यमा समेत पूर्ण बन्देज गरिएको हुँदा त्यस्ता कार्य नगर्न÷नगराउन सचेत गराएको छ । कार्यालयको सूचना विपरित भए गरेको पाइएमा कानून बमोजिम कारवाही गरिने सप्रजिअ ढकालले बताए ।

जिल्ला प्रशासन कार्यालय पर्वतले सामान्य अवस्थाको भन्दा सुरक्षा व्यवस्थालाई मजबुत बनाएको बताएको छ । स्थानिय सुरक्षा समितिको आईतवार बसेको बैठकले सुरक्षा सवेदनशीलता अध्ययन गरी रणनीति बनाएको हो । कार्यालयले निषेध गरेका कुनै पनि हातहतियार अथवा औजार लिएर हिडेको पाइएमा वा कुनै पनि निर्वाचन र शान्ति सुरक्षा विथोल्ने  गतिविधी भएको पाइएमा हातहतियार अनुगमन ऐन बमोजिम  कारवाही गरिने उनको भनाई छ । त्यस्तै मदिरा तथा मदिराजन्य पदार्थको अवैध उत्पादन तथा विक्रि वितरण कार्यमा समेत पूर्ण बन्देज गरिएको छ ।

यदि मदिरा विक्रि वितरण गरिएको पाईएमा स्थानिय प्रशासन ऐन तथा मदिरा नियन्त्रण ऐन  बमोजिम कारवाही गरिने जिल्ला प्रशासन कार्यालय पर्वतले जनाएको छ  । जिल्ला प्रहरी कार्यालयका प्रमुख शेखर खनालका  अनुसार निर्वाचनका बेला हुने अपराधिक घटना नियन्त्रण र घटना संलग्नको पहिचानका लागि सादा पोशाकका पनि प्रहरी परिचालन गरिएको छ । विशेष गरि जिल्ला दुई नगरपालिका र पाँच गाउँपालिकाका बजार क्षेत्रमा प्रहरी निगरानी बढाइएको र सम्भावित घटना हुनसक्ने क्षेत्रमा प्रहरीलाई २४ घण्टा नै निगरानीमा राखिएको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचन सफल पार्न मतदान केन्द्र र मतदाताको सुरक्षा लगायतका विषयमा बारम्बार जिल्ला सुरक्षा समितिको बैठक बस्ने गरेको पर्वतका सप्रजिअ ढकालले जानकारी दिए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’