साजन परियार, पर्वत ।

कस्तो अच्चम ! खानेपानी महशुल तिर्न नसक्ने भन्दै यहाँको एक नगरपालिकाका दलित समुदायलाई खानेपानी सुविधावाट बञ्चित गराईएको छ । जिल्लाको फलेवास नगरपालिका–५ खा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साजन परियार, पर्वत ।

कस्तो अच्चम ! खानेपानी महशुल तिर्न नसक्ने भन्दै यहाँको एक नगरपालिकाका दलित समुदायलाई खानेपानी सुविधावाट बञ्चित गराईएको छ । जिल्लाको फलेवास नगरपालिका–५ खा"/>

३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

कस्तो अच्चम ! महशुल तिर्न नसक्ने भन्दै दलित समुदायलाई खानेपानी सुविधावाट बञ्चित

६ बैशाख २०७४, बुधबार ०९:३५

साजन परियार, पर्वत ।

कस्तो अच्चम ! खानेपानी महशुल तिर्न नसक्ने भन्दै यहाँको एक नगरपालिकाका दलित समुदायलाई खानेपानी सुविधावाट बञ्चित गराईएको छ । जिल्लाको फलेवास नगरपालिका–५ खानीगाउँका दलित समुदायलाई खानेपानी सुविधावाट बञ्चित गराईएको हो ।

खानेपानीको महसुल तिर्न सक्दैनन भनेर खानोपानी उपभोक्ता समितिले नै दलित समुदायलाई खानेपानी रोकेको स्थानीयवासीले वताएका छन् । फलेवास वृहत वोर्ड स्तरिय खानेपानी उपभोक्ता समितीका अध्यक्ष दिर्घनारायण कुँवरको निर्देशनमा साविकको खानीगाउँ ७ का दलित वस्तीमा खानेपानीको लाईन विस्तार गर्न दिइएको छैन । दलित तथा विपन्न समुदायका परिवार बसोवास गर्ने उक्त ठाउँमा करिव ४५ घरधुरी खानेपानी सुविधावाट बञ्चित हुँदा समस्यामा भएको बताउँछन् ।

हाम्रै घर अगाडीवाट पानीको लाईन गाडिएको छ तर हामीलाई पानी दिइएको छैन स्थानीय यामवहादुर परियारले भने– पैसा तिर्न सक्दैनन भन्ने वाहना वनाएर हाम्रो गाउँमा पानी दिइएन् । हाम्रो घरको पछाडीवाट खानेपानीका पाईप विस्तार गरेका छन् अन्य समुदायका मानिसहरुले पानी खाएका छन् । तर, हामीलाई खानेपानी उपभोग गर्न दिएनन् यो कति सम्मको अत्याचार परियारले भने,

http://suchanakendra.com/wp-content/uploads/2017/04/

विपन्न र आर्थिक हैषियत कमजोर रहेका समुदायलाई यसरी खानेपानीवाटै वञ्चित गराउनु मानवअधिकारको गम्भिर उलंघन हो । अर्को तिर खानीगाउँ लाई खानेपानी तथा सरसफाईमा नमूना वनाउने अभियान चलिरहेको छ । आर्थिक हैषीयत कमजोर रहेको वाहनामा यसरी एउटा समुदायलाई खानेपानीवाट वञ्चित गराउँदा लिएको लक्ष्यमा समेत प्रश्न खडा गरेको छ ।

स्थानीय समुदायले खानेपानीको सुविधा वाट वञ्चित गराउन खोजिएको भन्दै फलेवास नगरपालिका, जिल्ला समन्वय समिति र जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालयमा उजुरी गर्ने तयारी गरेका छन् ।

यता फलेवास वृहत वोर्ड स्तरिय खानेपानी उपभोक्ता समितीका अध्यक्ष दिर्घनारायण कुँवरले आफुले केही व्यक्तिलाई सोधेको तर, पैसा तिर्न सक्दैनौ भनेपछि योजना विस्तारमा रोक लगाएको बताउनु भयो । उहाँले खानेपानी सुविधावाट कसैलाई बञ्चित गर्न नखोजेको बताउनु भयो ।

गाउँमा खानेपानी नहुँदा उनीहरुलाई खानका साथै गाईभैसीलाई खुवाउन पनि समस्या भएको छ ।

खानेपानीका लागि व्यवस्था मिलाईदिन दलित समुदायले सरोकारवाला निकायलाई आग्रह गरेका छन् । दलित समुदायप्रति गरिने व्यवहार कम हुँदै गएपनि दलितप्रति हेरिने व्यवहार भने पूर्ण रुपमा परिर्वतन भइनसकेको नेपाल दलित संघ पर्वतका सह–सचिव साजन परियारले बताए ।

जिल्लालाई नै व्यावहारिक रुपमा छुवाछुत मुक्त बनाउन अभियान चलेको बेला जातकै आधारमा यस्तो गर्नेलाई राज्यले कारवाही गर्नु पर्ने परियारले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’