2026-10-18 03:23 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

तेह्रथुमको सहरी स्वास्थ्य केन्द्रबाट स्थानीय र पर्यटक लाभान्वित

बैशाख ७, वैशाख । पर्यटकीय क्षेत्र तीनजुरे–मिल्के–जलजले (टिएमजे) क्षेत्रको चौकीबजारमा सहरी स्वास्थ्य केन्द्र स्थापना भएपछि यस क्षेत्रका बासिन्दाका साथै यस क्षेत्रमा घुम्न आउने पर्यटक पनि लाभान्वित भएका छन् । 

तेह्रथुमको म्याङलुङ र सङ्खुवासभाको मादी नगरपालिकाको सीमा क्षेत्रमा अवस्थित चौकीबजारका बासिन्दाको मागबमोजिम गत बर्ष जेठदेखि सहरी स्वास्थ्य केन्द्र सञ्चालनमा आएको छ । तेह्रथुम, सङ्खुवासभा र ताप्लेजुङको सीमामा पर्ने यस क्षेत्रमा पूर्वी तराईका जिल्लाहरुका आन्तरिक पर्यटक र भारत लगायतका अन्य विदेशी पर्यटकहरु पनि गुराँस फुलेको मनमोहक दृश्य हेर्न आउने गर्दछन् । 

साधारण उपचारका लागि समेत ४ देखि ६ घन्टासम्म पैदल हिँड्न बाध्य स्थानीयवासी तथा पर्यटक भरपर्दो उपचार लिन ५ घन्टा दूरीको वसन्तपुर र अझ टाढाको धरानसम्म पुग्न बाध्य थिए । तर चौकीबजारमै सहरी स्वास्थ्य केन्द्र खुलेपछि स्थानीयवासीलाई जटिल समस्या बाहेकको सामान्य अवस्थामै टाढाका स्वास्थ्य संस्था धाउन नपर्ने भएको छ । उनीहरुको त्यही समस्यालाई ध्यानमा राखेर जिल्ला अस्पताल सङ्खुवासभाले स्वास्थ्य केन्द्र स्थापना गरेको केन्द्रका इन्चार्ज अहेब खगेन्द्र घिमिरेले बताउनुभयो । 

स्वास्थ्य केन्द्रबाट सामान्यतः स्वास्थ्य चौकीबाट उपलब्ध हुने सबै सेवासुविधा दिइरहेको उहाँले बताउनुभयो । केन्द्र स्थापना भएपछि मादी नगरपालिका–१ र २ तथा तामाफोक–१ र २ का चौकीबजारसहित उम्लिङ, मनामसिंह, मविर, अरिहाङ, ताङपुर, आहालडाँडालगायत बस्तीका डेढ सयभन्दा बढी घरधुरी लाभान्वित भएका छन् । 

केन्द्र स्थापना भएपछि सिटामोलकै लागि दिनभर पैदल धाउनुपर्ने बाध्यता हटेको स्थानीयवासी लीलाबहादुर खत्रीले बताउनुभयो । स्वास्थ्य केन्द्रमा खोप सेवा, परिवार नियोजन सेवा, सुरक्षित मातृत्व सेवा, पखाला, निमोनिया, क्षयरोग, कुपोषण, मलेरियाको समेत सामान्य उपचार हुने गर्दछ । केन्द्रमा हाल एक अहेब र एक अनमी कार्यरत छन् । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु