सास । बैशाख ९, बर्दिया । 

हिजोका दिनसम्म केही मानिसहरुको अगाडि गएर बोल्दा खुट्टा थरर काँप्ने गर्दथे तर आजदेखि भने मेरो आत्म विश्वास बढेको छ र केही गर्ने जाँगर पनि पलाएर आएको छ, ‘पत्रकारिता तथा उद्घोषण तालीमकी सभागी "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सास । बैशाख ९, बर्दिया । 

हिजोका दिनसम्म केही मानिसहरुको अगाडि गएर बोल्दा खुट्टा थरर काँप्ने गर्दथे तर आजदेखि भने मेरो आत्म विश्वास बढेको छ र केही गर्ने जाँगर पनि पलाएर आएको छ, ‘पत्रकारिता तथा उद्घोषण तालीमकी सभागी "/>

२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

अब साँच्चिकै बढ्यो आत्मविश्वास !

२०७४, ९ बैशाख शनिबार १४:२५

सास । बैशाख ९, बर्दिया । 

हिजोका दिनसम्म केही मानिसहरुको अगाडि गएर बोल्दा खुट्टा थरर काँप्ने गर्दथे तर आजदेखि भने मेरो आत्म विश्वास बढेको छ र केही गर्ने जाँगर पनि पलाएर आएको छ, ‘पत्रकारिता तथा उद्घोषण तालीमकी सभागी बसन्ती चौधरीले बताउनुभयो ।’

बर्दियाबाट प्रकाशन भैरहेको हाम्रो भावना राष्ट्रिय दैनिकको आयोजना तथा बारबर्दिया नगरसमिति ने.क.पा. (माओवादी केन्द्र) को सहयोगमा बारबर्दिया नगरपालिका वडा नं. ७ को रम्भापुरमा आयोजना गरिएको ५ दिने पत्रकारिता तथा उद्घोषण तालीमा बोल्दै बसन्तीले यस्तो बताउनुभएको हो ।

बैशाख ५ गतेदेखि शुरु गरिएको पत्रकारिता तथा उद्घोषण तालीमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रममा हाम्रो भावना राष्ट्रिय दैनिकका प्रकाशक तथा सम्पादक मेघराज सिग्देलले प्रशिक्षार्थीहरुलाई शुभकामना दिनुहुँदै अबका दिनमा अझै जाँगरिलो भएर कलम चलाउन सुझाब सहित शुभकामना दिनुभयो । प्रेस सेन्टर बर्दियाका अध्यक्ष मेनका चौधरीले आफू इमान्दार तथा जागरुकताका साथ पत्रकारिता गरेमा यसको भविष्य उज्ज्वल छ र भोलिका दिनमा राष्ट्रिय मिडियाहरुमा काम गर्ने अवसर पाउन सकिने कुरा बताउनुभयो । 

तालीमको समापन कार्यक्रममा प्रशिक्षकहरु शितल थापा, प्रभुराम चौधरी, प्रभात सुवेदीले शुभकामना दिनुहुँदै निरन्तरको प्रयास र अध्ययनले मात्रै पत्रकारितामा सफलता पाइने कुरा बताउनुभयो । 

सहभागीहरुमध्ये उत्कृष्ट हुने युग बहादुर चौधरी र बसन्ती चौधरीलाई पुरस्कार तथा प्रमाण–पत्र प्रदान गरिएको थियो भने  सबै सहभागीलाइ प्रमाण–पत्र प्रदान गरिएको थियो । 

कार्यक्रम सहभागी प्रशिक्षार्थी पार्वती काफ्लेले समापन तथा प्रमाण–पत्र वितरण कार्यक्रमको सहजीकरण गर्नुभएको थियो भने सहभागीमध्येकै बसन्ती चौधरीको सभाध्यक्षतामा सम्पन्न गरिएको हो ।

 

प्रमाण पत्र वितरण गर्नुहुँदै भावना दैनिकका प्रकाशक तथा सम्पादक मेघराज सिग्देल । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी