विशन क्षेत्री/ पर्वत आगामी वैशाख ३१ गते हुने स्थानीय तहको बहुप्रतिक्षित निर्वाचनमा उम्मेदवार बन्ने लक्ष्यका साथ "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... विशन क्षेत्री/ पर्वत आगामी वैशाख ३१ गते हुने स्थानीय तहको बहुप्रतिक्षित निर्वाचनमा उम्मेदवार बन्ने लक्ष्यका साथ "/>
४ माघ २०८२, शनिबार
पर्बत - PBT

वडाध्यक्षमा लड्न स्थायी शिक्षकबाट राजीनामा

१० बैशाख २०७४, आईतवार ०७:४२

विशन क्षेत्री/ पर्वत आगामी वैशाख ३१ गते हुने स्थानीय तहको बहुप्रतिक्षित निर्वाचनमा उम्मेदवार बन्ने लक्ष्यका साथ पर्वतमा एक स्थायी शिक्षकले राजीनामा दिएका छन् । शिक्षा नियमावली र ऐनले राजनीति र शिक्षण पेसा एकसाथ अपनाउन नपाइने व्यवस्था गरेपछि राजनीतिमा होमिने प्रस्ट लक्ष्यका साथ कुश्मा नगरपालिकास्थित शिवालय माविका गुरुप्रसाद उपाध्यायले राजीनामा दिएका हुन् । प्रावि तहमा स्थायी रहेका उपाध्यायले कुश्मा नगरपालिका ४ मा नेपाली कांग्रेसको तर्फबाट वडाध्यक्षमा चुनाव लड्न शिक्षण पेशा छाडेको बताए ।

वडाको समृद्ध विकास र नमुना वडाको रुपमा लैजाने प्रतिबद्धताका साथ चुनावमा होमिएका उनले भने, ‘अब पूर्णकालीन राजनीतिमा लाग्ने अठोट लिएको छु ।’

नेपाली कांग्रेसको श्रमिक संघको रुपमा रहेको ट्रेड युनियनमा लगतार सक्रिय रहेका उपाध्यायले भन्छन्, ‘पार्टीले टे«ड युनियनका कर्मचारीको मूल्यांकन गर्ने समय आएको छ, स्थायी जागिरलाई छाड्नु सानो कुरा होईन्,’ ‘पार्टीप्रतिको यो त्याग र आफूले गरेको योगदानको मूल्यांकनका आधारमा वडाध्यक्षको टिकट पाउनुपर्छ ।’

वडा नं. ४ को नागरिक मञ्चको संयोजक समेत रहेका उपाध्यायले वडाको माग र अन्य पार्टीको समर्थन समेत रहेका हुँदा पार्टीले विश्वास गरेर टिकट दिनुपर्ने बताउँछन् ।

२०४६ सालमा नेविसंघको सदस्य लिएर तत्कालीन आन्दोलनबाट सक्रिय राजनीतिमा लागेका उपाध्याय २०४८ सालमा नेपाली कांग्रेस पर्वतको कार्यालय सचिव बनेका थिए । २०५१ सालमा नेपाली कांग्रेसको क्रियाशील सदस्य, २०५४ मा शिक्षक संघ पर्वतको कार्यसमिति सदस्य, २०५४ मा नै टे«ड युनियन पर्वतको संस्थापक सचिव बनेका थिए । त्यसपछि उनी लगातार २०७१ सम्म सचिव र २०७१ को अधिवेशनपश्चात टे«ड युनियनको अध्यक्ष रहेका छन् । २०६७ मा उनी टे«ड युनियन पश्चिमाञ्चल क्ष्ोत्रीय समितिको सदस्य समेत बनेका थिए ।

४३ वर्षीय उपाध्याय २३ वर्षदेखि शिक्षण पेशामा आबद्ध रहेका छन् । उनले विद्यालयका प्रधानाध्यापक मार्फत शिक्षा कार्यालयमा राजीनामा बुझाएका हुन् । कार्यालयले भने हालसम्म राजीनामा स्विकृत भईनसकेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’