४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

खानेपानी आयोजना निमार्ण हुँदा अफलावासी खुसी

११ बैशाख २०७४, सोमबार ०६:२६

मकरराज धामी/बैशाख ११, बझाङ । थलारा गाउपालिका वडा नं ९ अफलावासी शुद्ध खानेपानी पिउन पाँउदा हर्षित भएका छन् । 

ग्रामिण जलस्रोत व्यवस्थापन परियोजना च्ख्ध्च्ःए को आर्थिक सहयोगमा निमार्ण कार्य सम्पन्न भए संगै शुद्ध खानेपानी पिउन पाँउदा अफला वासी निकै खुसी भएका हुन । ग्रामिण जलस्रोत व्यवस्थापन परियोजना च्ख्ध्च्ःए को करिव २४ लाखको लागतमा निमार्ण गरिएको काल्पाटा खानेपानी आयोजनाको निमार्ण कार्य गएको जेठ देखि सुरु भएको थियो । 

२८ सय मिटर टाढाको खानेपानीको मुहान बाट पानी ल्याई आयोजना सम्पन्न भए पछि ५० घर धुरी लाभावन्तित भएका छन् । १३ वटा सार्वजनिक र एक ओटा विद्यालयका लागी गरि जम्मा १४ धारा निमार्ण गरिएका छन् । धारा संगै गाईवस्तु लाई खुवाउन पनि सोहि धारा बाट पानी फिल्टर गरेर टयांकिमा जम्मा हुने गरेको छ । 

सोहि टयांकी बाट गाईवस्तु लाई पानी खुवाउने तथा करेसावारीमा सिँचाई गर्ने गरेको काल्पाटा खानेपानी आयोजनाका अध्यक्ष कुम्भ भण्डारीले बताउनु भयो । खानेपानी आयोजना निमार्ण भए संगै सरसफाई व्यवस्थापनमा पनि ध्यान दिने गरेका छन् ।

पहिले तल खोला बाट पानी ल्याउनु पर्ने बाध्यता रहेको थियो जस्ले गर्दा आफुहरुले सरसफाई गर्न नसकेको बताउदै स्थानिय राधिका भण्डारी ले भनिन अब आमा समुह र खानेपानी सरसफाई स्वच्छता समन्यव समितिलाई सक्रिय बनाईन्छ । 

अहिले मुहान बाट पानी ल्याएर ५ हजार घन मिटरका दुई ओटा टयांकिमा जम्मा गरिन्छ र खानेपानी र तरकारीको सिंचाईलागी प्रयोग गरिन्छ । २०५४ सालमा निमार्ण गरिएको खानेपानी लामो समय सम्म मर्मत नहुदा अफला वासी खोलामा भएको ढुङगे धाराको पानी खान बाध्या भएका थिय । 

जेठ महिनामा सम्पन्न गरि सक्नु पर्ने आयोजनाको निमार्ण कार्य सम्पन्न हुनु एक महिना अगावै सकिएको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’