राम नारायण पंडित/बैशाख ११, सिरहा । सम्झौता अनुसार खानेपानीको पाइप बिछ्याउने काम नभईरहेको भन्दै मिर्चैयाका स्थानियहरुले अबरोध गरेका छन् । 

तेस्रो साना शह"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

राम नारायण पंडित/बैशाख ११, सिरहा । सम्झौता अनुसार खानेपानीको पाइप बिछ्याउने काम नभईरहेको भन्दै मिर्चैयाका स्थानियहरुले अबरोध गरेका छन् । 

तेस्रो साना शह"/>

२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सम्झौता अनुरुप काम नभएको भन्दै स्थानियले गरे अवरोध

२०७४, ११ बैशाख सोमबार ११:३७


राम नारायण पंडित/बैशाख ११, सिरहा । सम्झौता अनुसार खानेपानीको पाइप बिछ्याउने काम नभईरहेको भन्दै मिर्चैयाका स्थानियहरुले अबरोध गरेका छन् । 

तेस्रो साना शहरी खानेपानी तथा सरसफाई समिति मिर्चैयाले गराईरहेका खानेपानी पाइप बिछ्याउने काम समझौता बिपरित भइरहेको भन्दै स्थानियहरुले अबरोध गरेका छन् । सोमबार मिर्चैया ५ स्थित पाइप बिछ्याउने काम भईरहेको बेला कमसल काम भईरहेको भन्दै अबरोध गरेको स्थानिय हरिकिशोर महतोले बताए । 

उनले खानेपानीको नाममा ब्रह्मलूट भइरहेको भएपनि भ्रष्ट समिती मुखदर्शक बनेको समेत आरोप लगाए । तेस्रो साना शहरी खानेपानी तथा सरसफाई समिति मिर्चैयाले ४८ करोड ६८ लाख ४८ हजार नौ सय २० रुपैया ०२ पैसामा कालिका रमन कंकाई जोइन्ट भेन्चरसंग मिर्चैयाको ५ बटा बडाहरुमा खानेपानीको पाइप बिछ्याउन सम्झौता गरेको स्थानिय प्रभात सिंहले बताए । 

जसमा प्रत्येक मिटर ९ सय ७० ग्रामको प्लाष्टिकको पाइप बिछ्याउने समझौता भएपनि ७०० ग्राम भन्दा पनि कम तौल भएको पाइप प्रयोग गरि भ्रष्टाचार गरिरहेको देखिएकोले काम गर्न रोक लगाईएको सिंहले दाबी गरे । 

खानेपानीको पाइपमा ठुलै भ्रष्टाचारी भएकोले समझौता अनुरुप काम गर्ने प्रतिबद्धता नआए सम्म काम संचालन गर्न नदिने स्थानिय लालबाबु साहले दाबी गरे ।


यसै सम्बन्धमा मिर्चैया तेस्रो साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष रामलोचन साहलाई सम्पर्क गर्दा उनले सम्झौता अनुसार काम भइरहेको दाबी गरे । स्थानियहरुले अबरोध गरेको बिषयमा प्रश्न गर्दा उनले समितिसंग छलफल गर्र्ने र कामलाई निरन्तरता दिने बताए ।

यता, निरन्तर रुपमा भईरहेको पाइप बिछ्याउने काममा स्थानियले अबरोध गरेपछि सम्बन्धित प्राबिधिक बोलाई चेकजाच गरिने मिर्चैया तेस्रो साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिका सचिब कुशेश्बर साहले बताए । 

त्यस्तै, जनताको योगदान र लगानीले आएको यस आयोजनामा लापरबार्ही गर्नेलाई सुधार गरि काम गर्नेु पर्ने समितिका सदस्य रणु शर्माले बताए । 

यसैबिच खानेपानीका सर्वोक्षक गणेश कुमार चौधरीले स्थानियहरुले तौल र स्टान्र्डको सबालमा काम अबरुद्ध गरेकोले काठमांडौबाट डिजाईनर र प्राबिधिक आएपछि केहि भन्न सकिने बताए । अहिले ठयाक्कै यसो छ उसो छ भन्न नमिल्ने उनले प्रतिक्रिया दिए ।

मिर्चैया नगरपालिकाको ४, ५, ६, ७ र ८ बडामा खानेपानी पाइप बिछ्याउने ठेक्का यहि जेष्ठ २१ गते सम्पन्न हुने समितिका सदस्य रेणु शर्माले बताए । पाइप बिछ्याउने काम एक प्रतिशतले मात्रै बाकी रहेको समेत उनले दाबी गरिन् ।




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी