४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

रोल्पामा पहाडि साना किसानका लागि अनुकुलन आयोजना

११ बैशाख २०७४, सोमबार १२:१९

कविता उपाध्याय/बैखाख ११, रोल्पा । बैशाख महिनादेखि रोल्पामा पनि “पहाडि साना किसानका लागि अनुकुलन आयोजना” संचालन भएको छ । 

आयोजनाले रोल्पामा सरोकारवालाहरुका वीच अभिमुखिकरण कार्यक्रम संचालन गरी सो कुराको जानकारी गराएको हो । रोल्पा जिल्लाका सबै गाविसहरु जलवायु परिवर्तनको जोखिममा रहेको हुँदा रोल्पा लगायत मध्यपश्चिम क्षेत्रका विभिन्न ६ जिल्लामा यो आयोजना संचालनमा रहेको आयोजना संयोजक पशुपतिनाथ कोइरालाले जानकारी दिनुभयो । उहाँका अनुसार जलवायु परिवर्तनको जोखिमबाट प्रभावित क्षेत्र, समूदाय र घरधुरीलाई लक्षित गरी यो कार्यक्रम संचालनमा रहेको हो । 

विशेष गरी माडीखोला र लुंग्री खोला उपजलाधार क्षेत्रलाई आधारमानी सुदृढ लापा तयारी तथा कार्यान्वयन गर्ने लक्ष्य लिइएको उहाँको भनाइ छ । कोइरालाका अनुसार जिल्लामा हालसम्म जलवायु परिवर्तनसंग सम्वन्धीत कार्यक्रमहरु संचालनमा नरहेका सबै गाविसमा यो कार्यक्रम संचालनमा रहने छ । 

जिल्ला वन क्षेत्र समन्वय समितिका संयोजक तथा अभिमुखिकरण कार्यक्रमका अध्यक्ष स्थानीय विकास अधिकारी सुशील बैद्यले मध्यपश्चिम क्षेत्रका ६ जिल्ला मध्ये रोल्पामा पनि कार्यक्रम संचालनका लागि छनौटमा पर्नु स्वागत योग्य तथा खुशीको कुरा भएको बताउनु भयो । उहाँले गरिवी नै पहाडि जिल्लाहरुको मुख्य समस्या भएको बताउनु भयो । यसैवीच उहाँले स्थानीय तहमा योजना बनाएर अघि बढ्न सके कार्यक्रम प्रभावकारी बन्न सक्ने विश्वास ब्यक्त गर्नुभयो । 

जिल्ला वन कार्यालय रोल्पाका अनुसार हाल सम्म जिल्लाका २४ गाविसमा जलवायु परिवर्तन सम्वन्धी विभिन्न कार्यक्रमहरु संचालनमा रहेका छन् । जस अन्तर्गत राष्ट्रिय जलवायु परिवर्तन सहयोग कार्यक्रम जिल्लाका ८ गाविसमा, सुशासन तथा जिविको पार्जन परियोजना जिल्लाका ६ गाविसमा,  आइसीसीए र बहुसरोकारवाला वन कार्यक्रम जिल्लाका १० गाविसमा संचालनमा छन् ।  यी बाहेक अन्य गाविसमा पहाडि साना किसानका लागि अनुकुलन आयोजनाले काम गर्ने बताइएको छ । 

जलवायु परिवर्तन र यसको असरका बारेमा जलवायु परिवर्तन विज्ञ एञ्जिला मीश्र महर्जनले जानकारी गराउनु भयो । उहाँका अनुसार वनको क्षयिकरण, वन डढेलो, अब्यवस्थित औद्योगिकरण, यातायात तथा उर्जाका साधनबाट हरितगृह ग्यास उत्सर्जन भएर पृथ्वीको तापक्रम बृद्धि हुनुकोसाथै जलवायु जन्य प्रकोपहरु देखापरेका छन् । यसरी भएको जलवायु परिवर्तनको असरबाट खडेरी, अतिबृष्टि, अनाबृष्टि आदिका कारण बाढी पहिरो भूक्षय जस्ता समस्या दिनप्रतिदिन बढिराखेका छन् । 

महर्जनका अनुसार नेपालको परिवेशमा हरित गृह ज्ञास उत्सर्जन ०.०२७ प्रतिशत र विश्वपरिवेशमा ०.०६८ डिग्री सेल्सियस रहेको छ जसका कारण नेपाल विश्वकै चौथो संकटासन्न राष्ट्रको रुपमा रहेको छ । जसका कारण जलवायु जन्य प्रकोपलाई सम्वोधन गर्न विभिन्न किसिमका प्रयास भइरहेको उहाँले जानकारी दिनुभयो । 

यस्तै कार्यक्रममा बोल्दै जिल्ला पहाडि साना किसानका लागि अनुकुलन आयोजनाका जिल्ला संयोजक नारायणदेव भट्राईले जिल्लामा संचालित आयोजनाका बारेमा जानकारी गराउनु भएको थियो । उहाँका अनुसार यो कार्यक्रम कार्यान्वयनका लागि सबैभन्दा तल्लोतह स्थानीय निकाय स्वायत्त शासन ऐन २०५५ अन्तर्गत गठन भएका  कृषि, वन तथा वातावरण समितिहरुको संस्थागत संरचनामा हालको पूनर्संरचनाका कारण कामगर्दा हुने अन्यौलता नै मुख्य चुनौतिको रुपमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’