२०८२, १५ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

रोल्पामा पहाडि साना किसानका लागि अनुकुलन आयोजना

२०७४, ११ बैशाख सोमबार १२:१९

कविता उपाध्याय/बैखाख ११, रोल्पा । बैशाख महिनादेखि रोल्पामा पनि “पहाडि साना किसानका लागि अनुकुलन आयोजना” संचालन भएको छ । 

आयोजनाले रोल्पामा सरोकारवालाहरुका वीच अभिमुखिकरण कार्यक्रम संचालन गरी सो कुराको जानकारी गराएको हो । रोल्पा जिल्लाका सबै गाविसहरु जलवायु परिवर्तनको जोखिममा रहेको हुँदा रोल्पा लगायत मध्यपश्चिम क्षेत्रका विभिन्न ६ जिल्लामा यो आयोजना संचालनमा रहेको आयोजना संयोजक पशुपतिनाथ कोइरालाले जानकारी दिनुभयो । उहाँका अनुसार जलवायु परिवर्तनको जोखिमबाट प्रभावित क्षेत्र, समूदाय र घरधुरीलाई लक्षित गरी यो कार्यक्रम संचालनमा रहेको हो । 

विशेष गरी माडीखोला र लुंग्री खोला उपजलाधार क्षेत्रलाई आधारमानी सुदृढ लापा तयारी तथा कार्यान्वयन गर्ने लक्ष्य लिइएको उहाँको भनाइ छ । कोइरालाका अनुसार जिल्लामा हालसम्म जलवायु परिवर्तनसंग सम्वन्धीत कार्यक्रमहरु संचालनमा नरहेका सबै गाविसमा यो कार्यक्रम संचालनमा रहने छ । 

जिल्ला वन क्षेत्र समन्वय समितिका संयोजक तथा अभिमुखिकरण कार्यक्रमका अध्यक्ष स्थानीय विकास अधिकारी सुशील बैद्यले मध्यपश्चिम क्षेत्रका ६ जिल्ला मध्ये रोल्पामा पनि कार्यक्रम संचालनका लागि छनौटमा पर्नु स्वागत योग्य तथा खुशीको कुरा भएको बताउनु भयो । उहाँले गरिवी नै पहाडि जिल्लाहरुको मुख्य समस्या भएको बताउनु भयो । यसैवीच उहाँले स्थानीय तहमा योजना बनाएर अघि बढ्न सके कार्यक्रम प्रभावकारी बन्न सक्ने विश्वास ब्यक्त गर्नुभयो । 

जिल्ला वन कार्यालय रोल्पाका अनुसार हाल सम्म जिल्लाका २४ गाविसमा जलवायु परिवर्तन सम्वन्धी विभिन्न कार्यक्रमहरु संचालनमा रहेका छन् । जस अन्तर्गत राष्ट्रिय जलवायु परिवर्तन सहयोग कार्यक्रम जिल्लाका ८ गाविसमा, सुशासन तथा जिविको पार्जन परियोजना जिल्लाका ६ गाविसमा,  आइसीसीए र बहुसरोकारवाला वन कार्यक्रम जिल्लाका १० गाविसमा संचालनमा छन् ।  यी बाहेक अन्य गाविसमा पहाडि साना किसानका लागि अनुकुलन आयोजनाले काम गर्ने बताइएको छ । 

जलवायु परिवर्तन र यसको असरका बारेमा जलवायु परिवर्तन विज्ञ एञ्जिला मीश्र महर्जनले जानकारी गराउनु भयो । उहाँका अनुसार वनको क्षयिकरण, वन डढेलो, अब्यवस्थित औद्योगिकरण, यातायात तथा उर्जाका साधनबाट हरितगृह ग्यास उत्सर्जन भएर पृथ्वीको तापक्रम बृद्धि हुनुकोसाथै जलवायु जन्य प्रकोपहरु देखापरेका छन् । यसरी भएको जलवायु परिवर्तनको असरबाट खडेरी, अतिबृष्टि, अनाबृष्टि आदिका कारण बाढी पहिरो भूक्षय जस्ता समस्या दिनप्रतिदिन बढिराखेका छन् । 

महर्जनका अनुसार नेपालको परिवेशमा हरित गृह ज्ञास उत्सर्जन ०.०२७ प्रतिशत र विश्वपरिवेशमा ०.०६८ डिग्री सेल्सियस रहेको छ जसका कारण नेपाल विश्वकै चौथो संकटासन्न राष्ट्रको रुपमा रहेको छ । जसका कारण जलवायु जन्य प्रकोपलाई सम्वोधन गर्न विभिन्न किसिमका प्रयास भइरहेको उहाँले जानकारी दिनुभयो । 

यस्तै कार्यक्रममा बोल्दै जिल्ला पहाडि साना किसानका लागि अनुकुलन आयोजनाका जिल्ला संयोजक नारायणदेव भट्राईले जिल्लामा संचालित आयोजनाका बारेमा जानकारी गराउनु भएको थियो । उहाँका अनुसार यो कार्यक्रम कार्यान्वयनका लागि सबैभन्दा तल्लोतह स्थानीय निकाय स्वायत्त शासन ऐन २०५५ अन्तर्गत गठन भएका  कृषि, वन तथा वातावरण समितिहरुको संस्थागत संरचनामा हालको पूनर्संरचनाका कारण कामगर्दा हुने अन्यौलता नै मुख्य चुनौतिको रुपमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा