पर्वत ।  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । 
४ माघ २०८२, शनिबार
पर्बत - PBT

शिक्षाका लागि विश्वव्यापी कार्य सप्ताह सुरु

१२ बैशाख २०७४, मंगलवार ०९:५०

पर्वत । सार्वजनिक शिक्षालाई गुणस्तरीय, समावेशी र समतामूलक बनाउनका लागि तथा सबैमा शिक्षाको अधिकार सुनिश्चित गर्ने सन्दर्भमा सरोकारवालाहरुलाई जवाफदेही बनाउन ध्यानाकर्षण गर्ने उद्देश्यले पर्वतमा पनि आजबाट शिक्षाका लागि विश्वव्यापी कार्य सप्ताह २०१७ सुरु गरिएको छ ।

शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल जिल्ला समन्वय समिति पर्वतको अग्रसरतामा यो कार्य सप्ताहको थालनी गरिएको हो । कार्य सप्ताह आज ११ गतेबाट सुरु भएर बैशाख १७ गतेसम्म चल्नेछ ।  विश्वव्यापी कार्य सप्ताहको यस बर्षको नारा “दीगो विकास लक्ष्य ४ का निम्ति जवाफदेहिता र नागरिक सहभागिता” रहेको छ । शिक्षाका लागि राष्ट्रिय अभियान नेपालका बोर्ड सदस्य राजेन्द्र पहाडीले दिएको जानकारीअनुसार यस प्रकारको सप्ताह हरेक बर्ष यही समयमा विश्वभरी नै सार्वजनिक शिक्षाका पक्षमा बहशपैरवी र वकालत गरेर मनाउने गरिन्छ । नेपालमा पनि सन् २००३ देखि हरेक बर्ष फरक–फरक नाराका साथमा विश्वव्यापी कार्य सप्ताह मनाउँदै आइएको छ ।

कुश्मामा आयोजित सरोकारवालाहरुको अन्तरक्रिया कार्यक्रममा गैसस महासंघका केन्द्रीय सदस्य तथा पश्चिमाञ्चल इन्चार्ज देवीप्रसाद तिमिल्सिनाले यस्ता प्रकृतिका अभियानले शिक्षा सम्बद्ध निकायहरुलाई थप जिम्मेवार बन्न उत्प्रेरित तथा उत्साहित गर्न मद्दत पुग्ने कुरा बताउनुभयो । उहाँले बालबालिका र विद्यालय शान्तिक्षेत्र भएकाले उनीहरुलाई निर्वाचन सम्बन्धित कुनै पनि क्रियाकलापमा प्रयोग गर्न नहुने कुरामा जोड दिनुभयो । शिक्षाका लागि राष्ट्रिय अभियान नेपालका बोर्ड सदस्य तथा जिल्ला संयोजक राजेन्द्र पहाडीको अध्यक्षतामा भएको कार्यक्रममा नेत्रकला सुवेदी, कविता विक, शिवप्रसाद शर्मा, टुकप्रसाद शर्मा, ऋषिराम भुषाल, बलीनारायण रेग्मी, जगन्नाथ शर्मालगायतले आ–आफ्नो मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको सञ्चालन सदस्यसचिव यज्ञप्रसाद शर्माले गर्नुभएको थियो ।

पर्वत जिल्लामा मनाइने कार्य सप्ताहका मूख्य गतिविधिहरुमा विद्यालय भर्ना अभियानसँग सम्बन्धित रहेर सार्वजनिक स्थानमा प्रचारात्मक ब्यानर राख्ने, सरोकारवालाहरुको बैठक बस्ने, ¥यालीको आयोजना गर्ने, मैनबत्ती प्रज्वलन गर्ने, स्थानीय एफएम रेडियो र टेलिभिजनमा शैक्षिक बहश सञ्चालन गर्ने, स्थानीय पत्रपत्रिकामा शैक्षिक लेखहरु प्रकाशन गर्ने, सरोकारवालाहरुको सहभागितामा संघीयतामा शिक्षा विषयक अन्तरक्रिया, प्रमुख जिल्ला अधिकारी र जिल्ला शिक्षा अधिकारीलाई बालबालिका र विद्यालय शान्तिक्षेत्र सम्बन्धित प्रचारात्मक समाग्री हस्तान्तरण गर्नेलगायतका कार्यक्रम रहेको एनसीइ नेपाल जिल्ला समन्वय समितिका सदस्यसचिव यज्ञप्रसाद शर्माले जानकारी दिनुभयो ।

शिक्षाका लागि राष्ट्रिय अभियान नेपालले केन्द्रदेखि जिल्ला तहसम्म सार्वजनिक शिक्षामा सबैको पहुँच सुनिश्चित गर्न कूल राष्ट्रिय बजेटको २० प्रतिशत र कूल ग्राह्स्थ उत्पादनको ६ प्रतिशत बजेट विनियोजन गर्नुपर्दछ भन्ने पक्षमा निरन्तर वकालत गर्दै आइरहेको छ । पर्वतमा पनि शिक्षाको क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थाहरुले समय–समयमा शैक्षिक सरोकारवालाहरुको ध्यानाकर्षण गर्दै आइरहेका छन् । हाल शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल जिल्ला समन्वय समिति पर्वतमा सीड नेपाल, निबृत्त शिक्षक समाज,गैसस महासंघ, सोडेक नेपाल, इन्प्रेड नेपाल, राष्ट्रिय दलित विकास संस्था, आरम्भ नेपाल, रेडियो कुशुम र नेपाल अपाङ्ग उत्थान समाज पर्वत सदस्य रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’