खकेन्द्र केसी/बैशाख १२, सल्यान । सल्यान जिल्लाको विभिन्न चिनारी सहित प्रकाशित गरिएको कुमाख भित्तेपात्रोको मंगलबार एक कार्यक्रम गरि विमोचन गरिएको छ ।  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

खकेन्द्र केसी/बैशाख १२, सल्यान । सल्यान जिल्लाको विभिन्न चिनारी सहित प्रकाशित गरिएको कुमाख भित्तेपात्रोको मंगलबार एक कार्यक्रम गरि विमोचन गरिएको छ । 

४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सल्यानको चिनारी सहितको कुमाख भित्तेपात्रोको विमोचन

१२ बैशाख २०७४, मंगलवार १०:१७


खकेन्द्र केसी/बैशाख १२, सल्यान । सल्यान जिल्लाको विभिन्न चिनारी सहित प्रकाशित गरिएको कुमाख भित्तेपात्रोको मंगलबार एक कार्यक्रम गरि विमोचन गरिएको छ । 

विश्व हिन्दु महासंघ नेपाल राष्ट्रिय समिति जिल्ला शाखा सल्यान, सामुदायिक वन उपभोक्त महासंघ सल्यान र सल्यान दृष्टिकोणको सयुक्त पहल बाट संचालित पात्रोको विमोचन नेपाल पत्रकार महासंघ सल्यानका अध्यक्ष प्रतीक इछुक शर्माको प्रमुख आतिथ्यमा गरिएको हो । 

विमोचन कार्यक्रममा बोल्दै अध्यक्ष शर्माले तिनवटा संस्थाले संयुक्त रुपमा निकालेकोमा एकदमै खुसि व्यक्त्त गरेका थिए । तर धर्माको नाममा भने अनवश्यक प्रचारबाजि गर्नुभने गलत कुरा भएको उनले दुखेसो पोखेका थिए । 

मान्छेले मान्छेलाई गर्ने व्यहार नै धर्म भएको र धर्मका नाममा कुनै राजनीति गर्न नहुने, सबैलाई समान गर्नुपर्नेमा अध्यक्ष शर्माले जोड दिएका थिए । तर पात्रोको मुख्य उदेश्य सल्यानलाई चिनाउने मात्रै नभएर हिन्दु धर्मलाई जागरुक गर्ने खालको भएको सहभागीले बताएका थिए । 

एक वर्ष अघि देखि नै पात्रो निकाल्न तयारी गरेपनि विभित कारण र प्रक्रिया मिलाउदा ढिलो भएर यो वर्ष निकालिएको कुमाख भित्तेपात्रोका संयोजक एवंम बैद्धिक सनातन हिन्दु धर्मा सल्यानका अध्यक्ष गोविन्द शर्माले बताएका छन् । तर पात्रोले सबैलाई समान गर्नुपर्नेमा एउटा धर्माको मात्रै प्रचार भएको भन्दै कतिले आलोचना पनि गरेका छन् ।

पात्रोलाई सल्यान गेट निर्मानका संयोजक तथा जिल्लाको विभिन्न चिनारी, पर्यटकीय सम्पदाको प्रचारप्रचारमा खटिरहेका देश बाहिर भएपनि जिल्लाको विषयमा चिन्ता र चासो लिने सल्यान दृष्टिकोणका संचालक धुर्वराज ओलिलाई पनि विशेष सहयोग गरेको भन्दै उनि देश बाहिर भएपनि धन्यबाद दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’