४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

विद्यालय भर्ना अभियानले छोएन वादी समुदायका वालवालिकालाई

१४ बैशाख २०७४, बिहीबार ०२:०७

बैशाख १४, बझाङ । सरकारले कोही बालबालिका शिक्षाबाट बन्चित नहोस भनेर भर्ना अभियान सुरु गरे पनि बझाङका वादी समुदायका बालबालिकालाई विद्यालय भर्ना अभियानले छोएको छैन । 

बझाङ जिल्लाको सदरमुकाम चैन्पुर र थलारा गांउपालीकामा रहेका बादी समुदायका अभिभावक र बालबालिकालाई भने यसको कुनै मतलब छैन । घरमा समयमा खाना नपाक्ने र कहिले भोकै स्कुल जानु पर्ने बाध्यता रहेको गत वर्ष ३ कक्षामा पढदै गर्दा स्कुल छोडेकी थलाराकी निर्मला बादीले बताईन । 

थलारा र चैनपुरमा गरि जम्मा ४२ वादी परिवारका ७७ जना भन्दा बढी बालबालिका छन । घर नजिकै स्कुल भए पनि उनीहरु नियमित विद्यालयमा हाजिर नहुने थलारा उच्च माध्यमिक विद्यालयका शिक्षक धर्मराज उपाध्याय को भनाई छ ।

विभिन्न संघ संस्थाले बादीका बालबालिकालाई विद्यालयमा आर्कषित गर्नका लागी झोला कापीकलम लगायत सामाग्रीहरु दिने गरेको भए पनि एक दुइ दिन विद्यालय आउने र पछि विद्यालय नआउने गरेको सदरमुकामको नमुना निम्न माध्यमिक विद्यालयका प्रधानाध्यापक गजेन्द्र रसाइलीले बताउनु भयो । 

बझाङमा ४२ परिवार बादीको बसोबास रहेकोमा एक जनाले मात्र एसएलसी पास गरेका छन । वाबुआमाको सिको गर्दै सानै उमेरमा मदिराको लतमा फस्ने, मागेर खाने र कतिपय महिलाहरु किशोरावस्थामा नै देह व्यापारमा संलग्न हुने गरेकाले विद्यालय छोड्ने गरेको बादीबालबालिकाको क्षेत्रमा काम गरिरहेको जयपृथ्वी सामुदायिक अध्ययन केन्द्रका अध्यक्ष जगदिस रोकायाले बताउनु भयो । 

उनि पनि स्कुले उमेरका बालबालिकालाई यो समुदायबाट अलग राखेर उच्च शिक्षा सम्म पढाउन सके बादी समुदायको पछिल्लो पुस्ता फेरिने रोकायाको भनाई छ । मकरराज धामीको सहयोगमा 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद