४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सप्तरी - SPT

आमाको मुख हेर्ने दिन वृद्धवृद्धा सम्मानित

१४ बैशाख २०७४, बिहीबार ०२:२१

बैशाख १४, सप्तरी । आमाको मुख हेर्ने दिनलाई वृद्धवृद्धालाई सम्मान दिई यहाँ मनाइएको छ । मारवाडी महिला मञ्च, राजविराजले बुधबार स्थानीय जैन श्वेताम्वर तेरापन्थी सभा भवनमा एक भव्य कार्यक्रमको आयोजना गरी वृद्धवृद्धालाई दोसल्ला ओढाई सम्मान गरेको हो । 

सम्मानित व्यक्तित्वलाई प्रमुख अतिथि जनकपुर उच्च अदालत, राजविराज बेन्चकी न्यायाधीश बबिता उप्रेतीले दोसल्ला ओढाई सम्मान गर्नुभएको हो । आमाको मुख हेर्ने दिनको अवसर पारेर आयोजना गरिएको सम्मान कार्यक्रममा नगरका २१ जना ज्येष्ठ महिला सम्मानित भएका हुन् । 

सम्मानित हुनेमा ७० वर्षीया विजयलक्ष्मी तातेड र ७२ वर्षीया राजुदेवी सुरानादेखि ९५ वर्षीया सुमनदेवी जोशीसम्म छन् । मञ्चले दीर्घजीवन बिताइरहेका ज्येष्ठ महिलाको खोजी गरी सम्मान गरेको हो । ‘हमारी संस्कृति हमारी धरोहर’ भन्ने नाराका साथ मनाइएको समारोहमा सहभागी वक्ताले ज्येष्ठ नागरिकप्रति घर, समाज तथा राष्ट्रवाटै सम्मानजनक व्यवहार गरिनुपर्नेमा जोड दिएका थिए । 

अनुराधा जोशीको अध्यक्षतामा आयोजित समारोहमा प्रमुख अतिथि न्यायाधीश उप्रेतीका साथै नागरिक समाज सप्तरीका अध्यक्ष थानसिंह भन्साली, ज्येष्ठ नागरिक सङ्घ सप्तरीका अध्यक्ष शिवहरिप्रसाद भट्टराई, प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झा, मारवाडी महिला मञ्चकी केन्द्रीय सचिव मञ्जु शारदा, मञ्चकी संस्थापक अध्यक्ष कमला भन्साली, सल्लाहकार गोविन्द कावरा, युवा मञ्चका अध्यक्ष अमृत सञ्चेती, अग्रवाल सेवा समितिका अध्यक्ष मनोज अग्रवाल, मारवाडी सेवा समितिका अध्यक्ष सुरेश रुङ्गटा, सुश्री प्रगति गुनैचा लगायतले ज्येष्ठ नागरिकलाई सबैले आदर र सम्मान गर्नुपर्नेमा जोड दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल