२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सप्तरी - SPT

आमाको मुख हेर्ने दिन वृद्धवृद्धा सम्मानित

२०७४, १४ बैशाख बिहीबार ०२:२१

बैशाख १४, सप्तरी । आमाको मुख हेर्ने दिनलाई वृद्धवृद्धालाई सम्मान दिई यहाँ मनाइएको छ । मारवाडी महिला मञ्च, राजविराजले बुधबार स्थानीय जैन श्वेताम्वर तेरापन्थी सभा भवनमा एक भव्य कार्यक्रमको आयोजना गरी वृद्धवृद्धालाई दोसल्ला ओढाई सम्मान गरेको हो । 

सम्मानित व्यक्तित्वलाई प्रमुख अतिथि जनकपुर उच्च अदालत, राजविराज बेन्चकी न्यायाधीश बबिता उप्रेतीले दोसल्ला ओढाई सम्मान गर्नुभएको हो । आमाको मुख हेर्ने दिनको अवसर पारेर आयोजना गरिएको सम्मान कार्यक्रममा नगरका २१ जना ज्येष्ठ महिला सम्मानित भएका हुन् । 

सम्मानित हुनेमा ७० वर्षीया विजयलक्ष्मी तातेड र ७२ वर्षीया राजुदेवी सुरानादेखि ९५ वर्षीया सुमनदेवी जोशीसम्म छन् । मञ्चले दीर्घजीवन बिताइरहेका ज्येष्ठ महिलाको खोजी गरी सम्मान गरेको हो । ‘हमारी संस्कृति हमारी धरोहर’ भन्ने नाराका साथ मनाइएको समारोहमा सहभागी वक्ताले ज्येष्ठ नागरिकप्रति घर, समाज तथा राष्ट्रवाटै सम्मानजनक व्यवहार गरिनुपर्नेमा जोड दिएका थिए । 

अनुराधा जोशीको अध्यक्षतामा आयोजित समारोहमा प्रमुख अतिथि न्यायाधीश उप्रेतीका साथै नागरिक समाज सप्तरीका अध्यक्ष थानसिंह भन्साली, ज्येष्ठ नागरिक सङ्घ सप्तरीका अध्यक्ष शिवहरिप्रसाद भट्टराई, प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झा, मारवाडी महिला मञ्चकी केन्द्रीय सचिव मञ्जु शारदा, मञ्चकी संस्थापक अध्यक्ष कमला भन्साली, सल्लाहकार गोविन्द कावरा, युवा मञ्चका अध्यक्ष अमृत सञ्चेती, अग्रवाल सेवा समितिका अध्यक्ष मनोज अग्रवाल, मारवाडी सेवा समितिका अध्यक्ष सुरेश रुङ्गटा, सुश्री प्रगति गुनैचा लगायतले ज्येष्ठ नागरिकलाई सबैले आदर र सम्मान गर्नुपर्नेमा जोड दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी