टेक शाही/बैशाख १४, डोल्पा । नेपाल जलवायू परिवर्तन सहयोग कार्यक्रम (NCCSP) को डोल्पामा बजेट अवाभबको कारण कार्यक्रमहरु अस्तब्यस्त अबस्थामा रहेका छन ।  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

टेक शाही/बैशाख १४, डोल्पा । नेपाल जलवायू परिवर्तन सहयोग कार्यक्रम (NCCSP) को डोल्पामा बजेट अवाभबको कारण कार्यक्रमहरु अस्तब्यस्त अबस्थामा रहेका छन । 

२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

बजेट अभावमा जलबायू परिवर्तनका सबै योजना अस्तब्यस्त

२०७४, १४ बैशाख बिहीबार १३:४६


टेक शाही/बैशाख १४, डोल्पा । नेपाल जलवायू परिवर्तन सहयोग कार्यक्रम (NCCSP) को डोल्पामा बजेट अवाभबको कारण कार्यक्रमहरु अस्तब्यस्त अबस्थामा रहेका छन । 

केन्द्रीय कार्यालयले बिगत एक आर्थिक बर्ष देखि बजेट जिल्लामा नपाठाए पछि जिल्लामा साविकका ५ वटा गाविसमा योजनाहरु अस्तब्यस्त भएका हुन । एक आर्थिक बर्षमा कार्यलय सञ्चालन तथा प्रशासनिक खर्चका लागि मात्र बजेट निकासा गरेको अन्य बजेट निकासा नै नदिए पछि लापा कार्यक्रम लागु भएका गाविसमा कार्यक्रमहरु अगाडि बढ्न सकेको नेपाल जलवायू परिवर्तन सहयोग कार्यक्रम (NCCSP) ले जानकारि दिएको छ । 

सन २०११ देखि डोल्पा जिल्लामा जलवायू परिवर्तन समबन्धी जिल्लाका लावन,शहरतारा,रह,लिकु र काइगाँउ गाविसमा काम गर्दै आएको लापाले धेरै योजनाहरु गर्नेको लागि कार्षि कार्यक्रमको योजना बनाए पनि काम गर्न सकेको छैन । 

पहिलो बर्षमा भएको आर्थिक अनियमितताको कारण केन्द्रले बजेट रोकेको र अब ७ लाख बराबारको कारोबार मात्र बाँकी हरको भए पनि हाल सम्म ७ करोडको रकम जिल्लामा नोक्सानी ब्यहोरेको जिल्ला समन्वय समितिका सचिव सागर मिश्रले बताउनु भयो । दुइ आर्थिक बर्ष बित्न लागि सक्दा पनि गाँउगाउमा छनौट भएको योजनाहरुको लागि बजेट केन्द्रले नपाठाए पछि स्थानियहरु अन्योलमा बसेका छन । 


नेपाल जलबायू परिवर्तन सहयोग कार्यक्रम (NCCSP)को त्रैमासिक समिक्षा तथा योजना तर्जूमा बैठकमा हाल सम्म भएका कामको प्रगति चुनौति र आगामि योजनामा के गर्न सकिन्छ भन्ने बिषयमा(NCCSP) का जिल्ला सँयोजक सन्तोष खनालले जानकारि गराउनु भएको थियो । 

उक्त कार्यक्रममा माथिल्लो डोल्पाका साबिकका गाविसमा पनि जलवायू परिवर्तन समबन्धी कार्यक्रम सञ्चालन गर्नु पर्ने र माथिल्लो डोल्पामा बायोबिकेट उत्पादन तथा प्रयोगको बारेमा कार्यक्रम तय गर्न सहयाक प्रमूख जिल्ला अधिकारि मान बहादुर बुढाले सुझाब दिनु भएको थियो । 

जलबायू परिवर्तन जोखिम समबन्धी नेपाल बिश्वमा चौथो नम्बरमा पर्ने र डोल्पा जिल्ला नेपालकै उच्च जोखिममा पर्ने भएकोले आगामि दिनमा जलवायू परिवर्तनका क्रियाकलापहरु बिशेष प्राथमिकतामा राखेर काम गर्नु पर्ने देखिएको बैठककमा उपस्थित सबैको सुझाव रहेको थियो । 

(NCCSP) ले डोल्पामा कृषि तथा खाद्य सुरक्षा सम्बन्धी सुधरिएको चुलो बितरण लगायतका ६ वटा क्षेत्रमा काम गर्दै आएको छ । सुधारिएको फलामे चुलोले भान्समा काम गर्ने महिलाहरुको स्वास्थ्यमा सुधार ल्याएको र बालबालिकाको आँखामा पनि समस्याहरु कम भएको लापाले दावि गरेको छ । 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी