टेक शाही/बैशाख १४, डोल्पा । नेपाल जलवायू परिवर्तन सहयोग कार्यक्रम (NCCSP) को डोल्पामा बजेट अवाभबको कारण कार्यक्रमहरु अस्तब्यस्त अबस्थामा रहेका छन ।  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

टेक शाही/बैशाख १४, डोल्पा । नेपाल जलवायू परिवर्तन सहयोग कार्यक्रम (NCCSP) को डोल्पामा बजेट अवाभबको कारण कार्यक्रमहरु अस्तब्यस्त अबस्थामा रहेका छन । 

2026-10-29 05:58 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

बजेट अभावमा जलबायू परिवर्तनका सबै योजना अस्तब्यस्त


टेक शाही/बैशाख १४, डोल्पा । नेपाल जलवायू परिवर्तन सहयोग कार्यक्रम (NCCSP) को डोल्पामा बजेट अवाभबको कारण कार्यक्रमहरु अस्तब्यस्त अबस्थामा रहेका छन । 

केन्द्रीय कार्यालयले बिगत एक आर्थिक बर्ष देखि बजेट जिल्लामा नपाठाए पछि जिल्लामा साविकका ५ वटा गाविसमा योजनाहरु अस्तब्यस्त भएका हुन । एक आर्थिक बर्षमा कार्यलय सञ्चालन तथा प्रशासनिक खर्चका लागि मात्र बजेट निकासा गरेको अन्य बजेट निकासा नै नदिए पछि लापा कार्यक्रम लागु भएका गाविसमा कार्यक्रमहरु अगाडि बढ्न सकेको नेपाल जलवायू परिवर्तन सहयोग कार्यक्रम (NCCSP) ले जानकारि दिएको छ । 

सन २०११ देखि डोल्पा जिल्लामा जलवायू परिवर्तन समबन्धी जिल्लाका लावन,शहरतारा,रह,लिकु र काइगाँउ गाविसमा काम गर्दै आएको लापाले धेरै योजनाहरु गर्नेको लागि कार्षि कार्यक्रमको योजना बनाए पनि काम गर्न सकेको छैन । 

पहिलो बर्षमा भएको आर्थिक अनियमितताको कारण केन्द्रले बजेट रोकेको र अब ७ लाख बराबारको कारोबार मात्र बाँकी हरको भए पनि हाल सम्म ७ करोडको रकम जिल्लामा नोक्सानी ब्यहोरेको जिल्ला समन्वय समितिका सचिव सागर मिश्रले बताउनु भयो । दुइ आर्थिक बर्ष बित्न लागि सक्दा पनि गाँउगाउमा छनौट भएको योजनाहरुको लागि बजेट केन्द्रले नपाठाए पछि स्थानियहरु अन्योलमा बसेका छन । 

नेपाल जलबायू परिवर्तन सहयोग कार्यक्रम (NCCSP)को त्रैमासिक समिक्षा तथा योजना तर्जूमा बैठकमा हाल सम्म भएका कामको प्रगति चुनौति र आगामि योजनामा के गर्न सकिन्छ भन्ने बिषयमा(NCCSP) का जिल्ला सँयोजक सन्तोष खनालले जानकारि गराउनु भएको थियो । 

उक्त कार्यक्रममा माथिल्लो डोल्पाका साबिकका गाविसमा पनि जलवायू परिवर्तन समबन्धी कार्यक्रम सञ्चालन गर्नु पर्ने र माथिल्लो डोल्पामा बायोबिकेट उत्पादन तथा प्रयोगको बारेमा कार्यक्रम तय गर्न सहयाक प्रमूख जिल्ला अधिकारि मान बहादुर बुढाले सुझाब दिनु भएको थियो । 

जलबायू परिवर्तन जोखिम समबन्धी नेपाल बिश्वमा चौथो नम्बरमा पर्ने र डोल्पा जिल्ला नेपालकै उच्च जोखिममा पर्ने भएकोले आगामि दिनमा जलवायू परिवर्तनका क्रियाकलापहरु बिशेष प्राथमिकतामा राखेर काम गर्नु पर्ने देखिएको बैठककमा उपस्थित सबैको सुझाव रहेको थियो । 

(NCCSP) ले डोल्पामा कृषि तथा खाद्य सुरक्षा सम्बन्धी सुधरिएको चुलो बितरण लगायतका ६ वटा क्षेत्रमा काम गर्दै आएको छ । सुधारिएको फलामे चुलोले भान्समा काम गर्ने महिलाहरुको स्वास्थ्यमा सुधार ल्याएको र बालबालिकाको आँखामा पनि समस्याहरु कम भएको लापाले दावि गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विश्वप्रकाश शर्माको सन्देश: कांग्रेसभन्दा पहिले देश हो भन्ने कुरा बुझ्नुपर्छ एनपीएल: टस जितेर कर्णालीले विराटनगरविरुद्ध पहिले बलिङ गर्ने सङ्घीय र प्रादेशिक विश्वविद्यालयका उपाधि समान हैसियतका: शिक्षामन्त्री पोखरेल एनपीएल: काठमाडौँ गोर्खाजमाथि जनकपुरको शानदार जित चक्रवात ‘अर्नब’को प्रभाव: मुख्य राजमार्गमा पहिरोको जोखिम, यात्रा गर्दा सतर्क रहन आग्रह कांग्रेसको नयाँ कार्यसमितिका पदाधिकारी र सदस्यले लिए शपथ सरकारी अनुदान मिलाइदिने भन्दै पाँच करोड ८० लाख ठगी गर्ने दुई पक्राउ बाल्टिनको पानीमा डुबेर डेढ वर्षीय बालकको मृत्यु एनपीएल: जनकपुरको घातक बलिङ, काठमाडौँ ११५ रनमै अलआउट जलवायु न्यायका लागि मन्त्री चौधरीको माग: ऋण होइन, अनुदान चाहिन्छ चक्रवात ‘अर्नब’ कमजोर, नेपालमा तीव्र हावाहुरीको जोखिम नरहेको मौसमविद्को भनाइ एनपीएल: टस जितेर काठमाडौँ गोर्खाजले पहिले ब्याटिङ गर्ने काठमाडौँको मौसममा बदलाव, चक्रवात ‘अर्नब’को प्रभाव देखियो चक्रवात ‘अर्नब’को प्रभाव: भारतमा ५ जनाको मृत्यु, नेपालमा पनि सतर्कता अपिल नागढुङ्गा सुरुङमार्गमा कात्तिक १५ गतेदेखि टोल शुल्क उठाइने आजको मौसम: ५ प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना सुन बढ्यो, चाँदी घट्यो: सुन प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँ कायम बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने एनपीएल : पोखराले ६८ रनमा तीन विकेट गुमायाे, कुशल भुर्तेल आउट पर्यटन भिसामा नेपाल आएर स्वास्थ्य शिविर सञ्चालन गर्ने दश जना विदेशी नागरिक पक्राउ