जितेन्द्र भण्डारी/वैशाख १५, पाँचथर । पछिल्लो पाँच महिनाको अन्तरालमा जिल्ला अस्पताल पाँचथर सुधारोन्मुख वन्दै गएको छ ।

 युवा ब्यवसायि दिपक नेपा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

जितेन्द्र भण्डारी/वैशाख १५, पाँचथर । पछिल्लो पाँच महिनाको अन्तरालमा जिल्ला अस्पताल पाँचथर सुधारोन्मुख वन्दै गएको छ ।

 युवा ब्यवसायि दिपक नेपा"/>

४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

अस्पतालले नै फार्मेसी संचालनमा ल्याउने तयारी गर्दे

१५ बैशाख २०७४, शुक्रबार ०७:५९


जितेन्द्र भण्डारी/वैशाख १५, पाँचथर । पछिल्लो पाँच महिनाको अन्तरालमा जिल्ला अस्पताल पाँचथर सुधारोन्मुख वन्दै गएको छ ।

 युवा ब्यवसायि दिपक नेपाल अस्पताल विकाश समितीका अध्यक्ष भएको ५ महिनाको अन्तरालमै क्रमश सुधार हुँदै गएको पाइएको हो । उहाँ अध्यक्ष हुनुपूर्व अस्पताल भित्र छिर्दा मुखमा मास्क लगाएर छिर्नुपर्ने अवस्था थियो,कारण त्यहाँको गन्धले वसिनसक्नु थियो,तर उनी आएको ५ महिनामै धेरै सुधार भएको अस्पताल प्रशासनले जनाएको छ ।

अहिले अस्पताल भित्र जाँदा न पहिले जस्तो गन्धनै गाउँछ,न त शौचालय भित्र पस्दा पहिलेको जस्तो वाहिरै दिशापिसाव नै छ,पहिलेको तुलनामा धेरै सुधार भएको सेवाग्राही वताउँछन् ।

अहिले अस्पताल परिषरभित्र बँगैचा बनाइएको छ,जहाँ सुन्दर फूलहरु रोपिएका छन्,यस्तै अस्पताल भित्र पहिल्यै शौचालय भरिएर शौच गर्न जाने अवस्था थिएन् तर अहिले छुट्टै सेफ्टी ट्याकी निर्माण गरी शौचालयमा टायल लगाएर ब्यवस्थित गरिएको अस्पताल विकाश समितीका अध्यक्ष दिपक नेपालले वताउनुभयो ।

 उहाँले भन्नुभयो,“ नागरिक समाजले चाहे जस्तो आमूल परिवर्तन नै त गर्न सकिएको छैन् तर पनि आफनो तबर बाट सकेको प्रयास गर्न खोजेको हो ।”

उहाँका अनुसार अहिले अस्पतालको अप्रेशन थिएटरमा टाइलिङ गर्न र अन्य आवश्यक स्थानमा टाइलिङ गर्न १५ दिने टेन्डर आह्वान गरिएको छ । सेफ्टी ट्ंयाक,कपडा सरसफाई गर्ने, लन्ड्री गृह निर्माण,चमेना गृह निर्माण,ओपिडी कक्षमा आल्मुनियम लगाएर पाटेसन गर्न,तथा अन्य सुधारका कार्य गर्न भनेर यस वर्ष ५० लाख रुपैया रकम विनियोजन भएको छ ।

 सुधारका लागि आएको रकम बाट बचेको रकम ५ लाख २ हजार ५ सय रुपैया अस्पताल भित्रै संचालन हुने फार्मेसी संचालनमा खर्च गरिने भएको छ । 

यो फार्मेसी ३६ लाख रुपैयाको लगानीमा निर्माण हुँदैछ, यो फार्मेसी संचालन भएमा अन्य मेडिकलहरुको तुलनामा यस फार्मेशीमा १० प्रतिशत औषधी सस्तो हुने र ७० किसिमका औषधी पाइने अस्पतालका डाक्टर पवन कुमार शाहले वताउनुभयो । 

अव यो चाँडै संचालनमा आउने वताइएको छ । अहिले दरवन्दी बाहेकका दुई जना डाक्टर समेत ल्याएर सेवाग्राहीलाई सेवा दिइराखिएको उहाँले वताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ