सल्यानमा भिरवाट लडेर एक महिलाको मृत्यु

Posted on: 29 Apr, 2017

वैशाख १६, सल्यान । सल्यानमा भिरवाट लडेर एकजना महिलाको मृत्यु भएको छ ।

बागचौर नगरपालिका वडा नं. ९ मौरीघाट निवासी २० बर्षीया मिना वलीको शनिवार विहान भिरवाट लडेर मृत्यु भएको दिपेश वलीले जानकारी दिए ।

विहान सात बजेतिर वली मेला जाँदै गर्दा चुफ्फिको भिरबाट लडेर करिव ३०० मिटर तल खसेकी थिइन । उनको घटनास्थलमै मृत्यु भएको जानकारी दिइएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!