कविता उपाध्याय/बैशाख १८, रोल्पा । प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्राईले २०७२ सालको विनासकारी भूकम्पको स्मरण गर्दै यसबाट सबैले पाठ सिक्नुपर्ने बताउनु भएको "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कविता उपाध्याय/बैशाख १८, रोल्पा । प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्राईले २०७२ सालको विनासकारी भूकम्पको स्मरण गर्दै यसबाट सबैले पाठ सिक्नुपर्ने बताउनु भएको "/>

७ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

रोल्पाका प्रजिअ भन्छन्: ‘भूकम्पले मान्छे मार्दैन, कमजोर संरचनाका कारण हामी मर्न सक्छौ’

१८ बैशाख २०७४, सोमबार ०७:११


कविता उपाध्याय/बैशाख १८, रोल्पा । प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्राईले २०७२ सालको विनासकारी भूकम्पको स्मरण गर्दै यसबाट सबैले पाठ सिक्नुपर्ने बताउनु भएको छ ।

रोल्पा नगरपालिकाको कार्यालय लिबाङको आयोजनामा मंगलबार सम्पन्न भूकम्पीय जोखिम न्यूनिकरण सम्वन्धी अभिमुखिकरण कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो । उहाँका अनुसार भूकम्पले मान्छे मार्दैन तर भूकम्प आउदा हामीले बनाएका कमजोर संरचनाका कारण हामी मर्न सक्छौं । 

त्यसैले अहिलेको पुस्ता सचेत भएमात्र हाम्रा सन्ततीहरु भूकम्पीय जोखिमबाट सुरक्षित बन्न सक्ने उहाँको धारणा छ । साथै अहिलेका संरचनाबाट हामी सबै भूकम्पीय जोखिममा भएको बताउदै यसबाट सुरक्षित हुनुपर्नेमा उहाँको जोड छ  । 

उहाँले भन्नुभयो “हामीसंग सरोकार नभएको घरबाट पनि हामी असुरक्षित हुन सक्छौं । त्यसैगरी हामीले बनाएको संरचनाबाट हाम्रो जन धनको क्षती हुन्छभने यसको के अर्थ ? त्यसैले यसबाट बच्नका लागि हामी आफै सुरक्षित बन्नुपर्छ ।” कानूनले मात्र सबैकुरा कार्यान्वयन हुन नसक्ने भएको हुँदा जनता आफै सचेत बन्नुपर्ने बताउदै अबका संरचनाहरु भूकम्प प्रतिरोधात्मक हुनुपर्नेमा उहाँको जोड छ । 

यस्तै कार्यक्रममा बोल्दै रोल्पा नगरपालिकाका कार्यकारी अधिकृत कमानसिंह थापाले भूकम्प प्रतिरोधी घर निर्माण गर्नु हाम्रै सुरक्षाको लागि भएको बताउनु भएको छ । उहाँले भन्नुभयो “हामीले भूकम्प रोक्न सक्दैनौं तर भूकम्पबाट हुने क्षती रोक्न सक्छौं । 

यसका लागि योजना सहित बनाइएको भूकम्प प्रतिरोधी घर तथा घर वरपर पर्याप्त सार्वजनिक खुल्ला क्षेत्र राखेमा बिपद्मा आफूपनि बाँच्न सकिन्छ भने अरुलाई पनि बचाउन सकिन्छ । त्यसैले आफूले बनाएको संरचनाबाट आफै जोखिम नमोल्न उहाँले सबैलाई सुझाव दिनुभएको छ । 

उहाँका अनुसार यस आर्थिक वर्षभरीको पछिल्लो एक महिनामा भवन निर्माण इजाजतका लागि नगरपालिकामा ३ वटा मात्र निवेदन परेका छन् । तरपनि घर निर्माण गर्दा नगरपालिकाबाट इजाजत लिएरमात्र निर्माण गर्नुपर्ने उहाँको सुझाव छ ।

यस्तै अभिमुखिकरण कार्यक्रममा बोल्दै रोल्पा नगरपालिकाका इन्जिनियर मुक्तिराम कवरले हामी क्षणिक रुपमा गम्भीर बनेपनि वास्तवीक रुपमा गम्भीर बन्न नसकिरहेको बताउनु भयो । इज्जत, प्रतिष्ठा र प्रतिष्पर्धाका नाममा हामीले ठूलो जोखिम मोलिरहेको उहाँको भनाइ छ । 

विशेषगरी योजना र नक्सा बिना निर्माण गरिएका गगन चुम्बी महल नै भूकम्पीय जोखिममा रहनेगरेको उहाँले बताउनु भयो । परम्परागत वा आधुनिक दुबै किसिमका घरहरु भूकम्प प्रतिरोधी बनाउन सकिने उहाँले जानकारी दिनुभयो ।

कार्यक्रममा स्थानीय विकास अधिकारी सुशील बैद्य, प्रहरी नायव उपरिक्षक रामप्रसाद घर्तीमगर, खड्ग दल गण रोल्पाका मेजर अरुण थापा, अनुसन्धान प्रमुख मनोज ढकाल लगायत राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, स्थानीयबासीहरु तथा सञ्चारकर्मीहरुको सक्रिय उपस्थिति रहेको थियो । 

लिबाङ नगरपालिकाका खरिदार विपिन कवरको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको संचालन नायव सुब्बा महेन्द्र महकले गर्नुभएको थियो ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गाँजासहित एकजना पक्राउ सुनको मूल्यमा नयाँ रेकर्ड पार्टीको महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्छ : महामन्त्री थापा ‘ग्रे लिस्ट’बाट बाहिर निस्किन भएका प्रगतिबारे प्रधानमन्त्रीको चासो नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता तोडिन्छः मन्त्री घिसिङ पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा