कविता उपाध्याय/बैशाख १८, रोल्पा । प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्राईले २०७२ सालको विनासकारी भूकम्पको स्मरण गर्दै यसबाट सबैले पाठ सिक्नुपर्ने बताउनु भएको "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कविता उपाध्याय/बैशाख १८, रोल्पा । प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्राईले २०७२ सालको विनासकारी भूकम्पको स्मरण गर्दै यसबाट सबैले पाठ सिक्नुपर्ने बताउनु भएको "/>

२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

रोल्पाका प्रजिअ भन्छन्: ‘भूकम्पले मान्छे मार्दैन, कमजोर संरचनाका कारण हामी मर्न सक्छौ’

२०७४, १८ बैशाख सोमबार ०७:११


कविता उपाध्याय/बैशाख १८, रोल्पा । प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्राईले २०७२ सालको विनासकारी भूकम्पको स्मरण गर्दै यसबाट सबैले पाठ सिक्नुपर्ने बताउनु भएको छ ।

रोल्पा नगरपालिकाको कार्यालय लिबाङको आयोजनामा मंगलबार सम्पन्न भूकम्पीय जोखिम न्यूनिकरण सम्वन्धी अभिमुखिकरण कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो । उहाँका अनुसार भूकम्पले मान्छे मार्दैन तर भूकम्प आउदा हामीले बनाएका कमजोर संरचनाका कारण हामी मर्न सक्छौं । 

त्यसैले अहिलेको पुस्ता सचेत भएमात्र हाम्रा सन्ततीहरु भूकम्पीय जोखिमबाट सुरक्षित बन्न सक्ने उहाँको धारणा छ । साथै अहिलेका संरचनाबाट हामी सबै भूकम्पीय जोखिममा भएको बताउदै यसबाट सुरक्षित हुनुपर्नेमा उहाँको जोड छ  । 

उहाँले भन्नुभयो “हामीसंग सरोकार नभएको घरबाट पनि हामी असुरक्षित हुन सक्छौं । त्यसैगरी हामीले बनाएको संरचनाबाट हाम्रो जन धनको क्षती हुन्छभने यसको के अर्थ ? त्यसैले यसबाट बच्नका लागि हामी आफै सुरक्षित बन्नुपर्छ ।” कानूनले मात्र सबैकुरा कार्यान्वयन हुन नसक्ने भएको हुँदा जनता आफै सचेत बन्नुपर्ने बताउदै अबका संरचनाहरु भूकम्प प्रतिरोधात्मक हुनुपर्नेमा उहाँको जोड छ । 

यस्तै कार्यक्रममा बोल्दै रोल्पा नगरपालिकाका कार्यकारी अधिकृत कमानसिंह थापाले भूकम्प प्रतिरोधी घर निर्माण गर्नु हाम्रै सुरक्षाको लागि भएको बताउनु भएको छ । उहाँले भन्नुभयो “हामीले भूकम्प रोक्न सक्दैनौं तर भूकम्पबाट हुने क्षती रोक्न सक्छौं । 

यसका लागि योजना सहित बनाइएको भूकम्प प्रतिरोधी घर तथा घर वरपर पर्याप्त सार्वजनिक खुल्ला क्षेत्र राखेमा बिपद्मा आफूपनि बाँच्न सकिन्छ भने अरुलाई पनि बचाउन सकिन्छ । त्यसैले आफूले बनाएको संरचनाबाट आफै जोखिम नमोल्न उहाँले सबैलाई सुझाव दिनुभएको छ । 

उहाँका अनुसार यस आर्थिक वर्षभरीको पछिल्लो एक महिनामा भवन निर्माण इजाजतका लागि नगरपालिकामा ३ वटा मात्र निवेदन परेका छन् । तरपनि घर निर्माण गर्दा नगरपालिकाबाट इजाजत लिएरमात्र निर्माण गर्नुपर्ने उहाँको सुझाव छ ।

यस्तै अभिमुखिकरण कार्यक्रममा बोल्दै रोल्पा नगरपालिकाका इन्जिनियर मुक्तिराम कवरले हामी क्षणिक रुपमा गम्भीर बनेपनि वास्तवीक रुपमा गम्भीर बन्न नसकिरहेको बताउनु भयो । इज्जत, प्रतिष्ठा र प्रतिष्पर्धाका नाममा हामीले ठूलो जोखिम मोलिरहेको उहाँको भनाइ छ । 

विशेषगरी योजना र नक्सा बिना निर्माण गरिएका गगन चुम्बी महल नै भूकम्पीय जोखिममा रहनेगरेको उहाँले बताउनु भयो । परम्परागत वा आधुनिक दुबै किसिमका घरहरु भूकम्प प्रतिरोधी बनाउन सकिने उहाँले जानकारी दिनुभयो ।

कार्यक्रममा स्थानीय विकास अधिकारी सुशील बैद्य, प्रहरी नायव उपरिक्षक रामप्रसाद घर्तीमगर, खड्ग दल गण रोल्पाका मेजर अरुण थापा, अनुसन्धान प्रमुख मनोज ढकाल लगायत राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, स्थानीयबासीहरु तथा सञ्चारकर्मीहरुको सक्रिय उपस्थिति रहेको थियो । 

लिबाङ नगरपालिकाका खरिदार विपिन कवरको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको संचालन नायव सुब्बा महेन्द्र महकले गर्नुभएको थियो ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी