माधव बेल्वासे/बैशाख १८, कपिलवस्तु । सिलाई कटाई वाट कपिलवस्तुका महिलाहरु आत्मनिर्भर वन्दै गएका छन ।
विभिन्न संघ सस्थाले आयोजना गरेका सामान्य तालि"/>
माधव बेल्वासे/बैशाख १८, कपिलवस्तु । सिलाई कटाई वाट कपिलवस्तुका महिलाहरु आत्मनिर्भर वन्दै गएका छन ।
विभिन्न संघ सस्थाले आयोजना गरेका सामान्य तालि"/>
माधव बेल्वासे/बैशाख १८, कपिलवस्तु । सिलाई कटाई वाट कपिलवस्तुका महिलाहरु आत्मनिर्भर वन्दै गएका छन ।
विभिन्न संघ सस्थाले आयोजना गरेका सामान्य तालिम पछि आत्मनिर्भर वन्न पुगेका हुन । बाल अपाङ्ग टेवा सस्थान द्धारा संचालित एक वर्षिय सिलाई कटाई तालिम वाट वर्षेनि ३० जना महिलाहरु आत्मनिर्भर वन्ने गरेका छन ।
२०७३ सालमा संचालित तालिम वाट आफुले सिलाई कटाई तालिममा दक्ष भएकोले आफुले आफ्नै व्यावसाय सुरु गर्ने तालिममा सहभागि पुजा थारुले वताईन । उनि भन्छिन“आफ्नो गाउमा सिलाई पसल गरि आत्मनिर्भर वन्छु ” ।
बाल अपाङ्ग टेवा सस्थानले सोमवार आयोजना गरेको विदाई तथा स्वागत कार्यक्रममा २०७४ सालको लागि ३० जना छनोट भएका छन ।स्थानिय महिलाहरुको जिवनस्तर उस्काउन र आत्मनिर्भर बनाउने उद्दश्यले सो तालिम संचालन गरिएको सस्थाका सस्थापक अध्यक्ष डेण्डी शेर्पाले वताए ।
तालिममा कपिलवस्तुका अधिंकाश थारु समुदायका महिला युवतिहरुको सहभागिता रहेको थियो । तालिमलाई व्याभारिक्तामा ल्याउने सहभागिहरुले वताए ।पुरुषको तुलनामा महिलाहरु पछि परिरहेको हुदा आफुले महिलाको लागि विभिन्न तालिम संचालन गरि अगाडि वढाउने प्रयासमा रहेको बाल अपाङ्ग टेवा सस्थाका सस्थापक अध्यक्ष शेर्पाले वताए ।
कार्यक्रममा वोल्दै समाजसेवि नेत्रराज अधिकारिले महिलाहरु अव आफ्नो व्यावसाय तर्फ अग्रसर भई तालिममा सिकेको कुरालाई व्याभारमा ल्याउनुपर्ने वताए । कार्यक्रवाट तालिमलाई सहयोग गरेका समाजसेवि विष्णु अधिकारि र प्रशिक्षक चन्दा थापालाई सम्मान पत्रले सम्मान गरिएको छ । कार्यक्रममा बाल अपाङ्ग टेवा सस्थाका सस्थापक अध्यक्ष डेण्डी शेर्पाको अध्यक्षतामा सम्पन्न भएको हो ।