जिल्लामा एकजना तेस्रो लिङ्गीले स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिनबाट भएका छन् । अन्नपुर्ण गाउँपालिका–४ की दिलु बुदुजाले स्थानीय नेतृत्वमा पुग्ने आफ्नो योजना अनुसार नेकपा एमालेबाट गाउँपालिकाको उपप्रमुखमा उम्मेदवारी दिने तयारी"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जिल्लामा एकजना तेस्रो लिङ्गीले स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिनबाट भएका छन् । अन्नपुर्ण गाउँपालिका–४ की दिलु बुदुजाले स्थानीय नेतृत्वमा पुग्ने आफ्नो योजना अनुसार नेकपा एमालेबाट गाउँपालिकाको उपप्रमुखमा उम्मेदवारी दिने तयारी"/>
४ माघ २०८२, शनिबार
पर्बत - PBT

तेस्रो लिङ्गी उम्मेदवार बन्नबाट बन्चित

१९ बैशाख २०७४, मंगलवार ०८:४०

जिल्लामा एकजना तेस्रो लिङ्गीले स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिनबाट भएका छन् । अन्नपुर्ण गाउँपालिका–४ की दिलु बुदुजाले स्थानीय नेतृत्वमा पुग्ने आफ्नो योजना अनुसार नेकपा एमालेबाट गाउँपालिकाको उपप्रमुखमा उम्मेदवारी दिने तयारी गरेपनि निर्वाचन आयोगले तेस्रो लिङ्गीको अधिकारलाई प्रष्ट उल्लेख नगरेकाले उम्मेदवार बन्नबाट बन्चित भएकी हुन् ।

https://i0.wp.com/myagdikali.com/wp-content/uploads/2017/05/

 

नेकपा र्एमालेबाट अन्नपूर्ण गाउँपालिकामा सर्वसम्मतिले उपप्रमुखको उम्मेदवार बनेपनि आयोगले तेस्रो लिङ्गीलाई पुरुष सरह मान्यता दिएपछि अन्तिम समयमा आएर आफ्नो उम्मेदवारी गुमेको थियो । पुरुषले गाउँपालिका र वडाको प्रमुख पदका कब्जा जमाउने र महिलालाई उपप्रमुख दिने गरेपनि तेस्रो लिङ्गीलाई राज्यले दिएको तेस्रो दर्जाको मान्यतालाई समेत ब्यवहारिक रुपमा कार्यान्वयन नगरेको भन्दै तेस्रो लिङ्गी आवद्ध रहेका विभिन्न संघसंस्थाले समेत चर्को विरोध गरेका छन् ।बेनी अनलाइनले खबर लेखेकाे छ ।


नेकपा एमालेले अन्नपुर्ण गाउँपालिकामा पुरुषलाई उम्मेदवार बनाउने निर्णय गरेपछि बुदुजालाई महिलाको कोटाबाट उम्मेदवार बनाउन गाउँपालिकाले जिल्लामा सिफारिस गरेको नेकपा एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठले बेनीअनलाइनलाई बताए । जिल्लाकै एक मात्र तेस्रो लिङ्गी बुदुजाले आफ्नो समस्याका बारेमा जिल्ला निर्वाचन कार्यालयमा समेत गुनासो गरेको निर्वाचन अधिकृत केदारनाथ पौडेलले बताए । ‘उहाँ निर्वाचन कार्यालयमा पनि आउनुभएको थियो । तेस्रो लिङ्गीको परिचय खोज्दा हामीले आयोगले पठाएको साम्रागी उपलब्ध गरायौं’ पौडेलले भने । जिल्लामा एक बेनी नगरपालिका र पाँच गाउँपालिकामा कुल ७१ हजार ४६३ जना मतदाता रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता