2026-10-18 03:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

जलवायु तथा ऊर्जा योजना निर्माण अन्तिम चरणमा

बैशाख १९, तेह्रथुम । जलवायु अनुकुलित जनजीवन र पुर्वाधार विकासकालागि जिल्लामा पहिलो पटक निर्माण गर्न लागिएको जलवायु तथा ऊर्जा योजना निर्माणको काम अन्तिम चरणमा पुगेको छ । 

नेपाल सरकार, जनसंख्या तथा बातावरण मन्त्रायल अन्तर्गत बैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रको प्राविधिक सहयोगमा जिल्ला समन्वय समितिले योजना निर्माण गर्न लागेको हो । ग्रामीण क्षेत्रमा ऊर्जा विकासकालागि राज्यको छुट्टै योजना तथा नीति नियमहरु नभएको अवस्थामा जिल्लालाई ऊर्जा क्षेत्रमा समृद्ध र बढ्दो जलवायु परिवर्तनसँग अनुकूलनकालागि ऊर्जा योजना बनाउन लागिएको हो । 

बैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रले योजना निर्माणमा प्राविधिक सहयोग तथा परामर्शदाताको काम काठमाडौँको नेपाल ऊर्जा तथा वातावरण विकास सेवालाई दिएको छ । 

परामर्शदाताबाट जिल्लाको ऊर्जा, वातावरण तथा जलवायु परिवर्तनबाट परेको प्रभावको मुल्याकंन गरी जलवायु परिवर्तन अनुकूलन तथा ऊर्जा विकास सम्बन्धी योजनाहरु तयार गरिनेछ । योजना निर्माणको अन्तिम चरणमा मंगलबार जिल्ला स्तरीय कार्यशाला भएको छ । योजना निर्माणको ड्राफ्ट तयारीपछि सरोकारवालासँग छलफल गर्न कार्यशाला आयोजना गरिएको स्थानीय विकास अधिकारी तुलसीनाथ गौतमले बताउनुभयो । 

कार्यशालामा परामर्शदाता कम्पनीको तर्फबाट भुपेन्द्र दास र डा. सुदिप ठकुरीले सहजीकरण गर्नुभएको छ । जिल्लामा ऊर्जा क्षेत्रको विकास तथा जलवायु परिवर्तनको प्रभाव न्युनिकरण र अनुकुलनमा के–कस्ता रणनीतिहरु अपनाउने भन्ने सन्दर्भमा योजनाहरु निर्माण गरी जिल्ला योजना बनाउन लागिएको वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्र अन्तर्गत जिल्ला समन्वय समितिमा रहेको बातावरण, ऊर्जा तथा जलबायु परिवर्तन शाखाका प्रमुख इन्जिनियर मनोजकुमार चौधरीले बताउनुभयो । 

उक्त योजनामा जिल्लाबासीले जलवायु परिवर्तन अनुकूलनका लागि अपनाउन पर्ने योजना, विकास निर्माणका योजनाहरु सन्चालनका क्रममा ध्यान दिनुपर्ने पक्ष र नवीकरणीय ऊर्जा विकासका माध्यमहरुको खोजी र योजनाहरु लगायत विषय समेटिने उहाँले बताउनुभयो । जिल्लास्थित सरोकारवाला कार्यालय र संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरु सहभागी कार्यक्रम स्थानीय विकास अधिकारी तुलसीनाथ गौतमको अध्यक्षतामा सम्पन्न भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु