2026-09-15 01:21 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जाजरकोट - JKT

१२ दलले उम्मेदवारी दर्ता गराए

धिराज आर.सि. | बैशाख १९, जाजरकोट | स्थानीय तहको निर्वाचन अन्र्तगत आज जाजरकोटमा १२ दलले आफ्ना आधिकारिक उम्मेदवार चयन गरेका छन् । सात स्थानीय तह रहेको जाजरकोटका विभिन्न मतदान केन्द्रमा नारा जुलुस सहित पुगी दलका नेता तथा कार्यकर्ताहरु आफ्नो पार्टीका तर्फबाट उम्मेदवारी दर्ता गराएका हुन् ।

नेपाली कांग्रेसबाट भेरी नगरपालिकाको मेयरमा सनत कुमार कार्की, उपमेयरमा धनाकुमारी चपाइले उम्मेदवारी दर्ता गरेका छन् । मेयरका उम्मेदवार कार्की पूर्व जिल्ला सभापति समेत हुन् । 

नेकपा एमालेबाट भेरी नगरपालिकाको मेयरमा सीपी घर्ती मगर, उपमेयरमा भावना भन्डारी उम्मेदवार बनेका छन् । एमालेका जिल्ला पार्टी सचिव रहेका मगर अन्य प्रतिस्पर्धीका तुलनामा युवा हुन् । त्यसैगरी माओबादी केन्द्रले भेरी नगरपालिकाको मेयरमा ढकबीर राना, उपप्रमुखमा पार्वती विकलाई उम्मेदवार बनाएको छ । 

जाजरकोटमा मुख्य दलहरुले प्रमुख पदमा महिला उम्मेदवार उठाउन भने कन्जुस्याई गरेका छन् । तर, नया शक्ति, नेकपा माले, क्रान्तिकारी पार्टी सहितको संयुक्त गठबन्धनले भेरी नगरपालिकामा सीता दवाडीलाई मेयर पदमा उम्मेदवारी दर्ता गरेको छ भने राप्रपाले पनि सोही नगरपालिकामा शोभा शाहीलाई मेयर पदमा उम्मेदवार बनाएको छ । अन्य साना दलहरुले आफ्ना आधिकारिक उम्मेदवारी दर्ता गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ