वैशाख २०, रोल्पा । पानीको अभाव भएको ठाउँमा साबुनपानीले हात धुनका लागि उपयोगी हुने टिपी ट्याप (तिर्तिरे धारो) प्रविधिबारे लिबाङमा शिक्षकलाई तीन दिनसम्म अभ्यास गरा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... वैशाख २०, रोल्पा । पानीको अभाव भएको ठाउँमा साबुनपानीले हात धुनका लागि उपयोगी हुने टिपी ट्याप (तिर्तिरे धारो) प्रविधिबारे लिबाङमा शिक्षकलाई तीन दिनसम्म अभ्यास गरा"/>
४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

रोल्पामा शिक्षकले ‘टिपी ट्याप’को प्रयोग सिके

२० बैशाख २०७४, बुधबार ०८:२६

वैशाख २०, रोल्पा । पानीको अभाव भएको ठाउँमा साबुनपानीले हात धुनका लागि उपयोगी हुने टिपी ट्याप (तिर्तिरे धारो) प्रविधिबारे लिबाङमा शिक्षकलाई तीन दिनसम्म अभ्यास गराइएको छ ।

जिल्ला समन्वय समितिअन्तर्गत सञ्चालित पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियोजनाको सहयोगमा लिबाङ स्रोत केन्द्रस्तरका प्राथमिक तहका शिक्षकका लागि आयोजना गरिएको पूर्ण सरसफाइ अभिमुखीकरण कार्यक्रममा शुक्रबारदेखि आइतबारसम्म सो अभ्यास गराइएको जिल्ला समन्वय समिति रोल्पाका सरसफाइ फोकल पर्सन दामोदरप्रसाद सुवेदीले आज जानकारी दिए। 

उनका अनुसार जिल्ला खुला दिसामुक्त भइसकेपछि पूर्ण सरसफाइ गतिविधि सञ्चालन गर्न जिल्लामा विभिन्न किसिमका कार्यक्रम आयोजना भइरहेका छन् । यसअन्तर्गत विभिन्न क्षेत्रमा अभिमुखीकरण, अध्ययन अवलोकन भ्रमण, बहस पैरवी, बैठक छलफललगायत क्रियाकलापअन्तर्गत पूर्ण सरसफाइमा विद्यालयको महत्वपूर्ण भूमिका हुने भएकाले शिक्षकका लागि अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको हो ।

विद्यालयले नेतृत्व गरेर सञ्चालन गर्ने सरसफाइ क्रियाकलाप अत्यन्त प्रभावकारी हुने भएकाले प्रावि तहका शिक्षकका लागि यो अभिमुखीकरण थालिएको थियो । कार्यक्रममा जिल्लाको पूर्ण सरसफाइ रणनीतिक योजना, नेपालको सरसफाइ गुरुयोजना, पूर्ण सरसफाइका विभिन्न सूचक, चर्पी प्रयोग र त्यसमा सुधार गर्नुपर्ने पक्ष, पानी र यसको सदुपयोगलगायत विभिन्न विषयमा जानकारी गराइएको जिल्ला परियोजना अधिकृत भोलानाथ आचार्यले जानकारी दिए। 

कूल ४८ जनाभन्दा बढीको सहभागिता भएको कार्यक्रममा शौचालयको प्रयोगमा प्रयोगकर्ता मैत्रीलगायत पानीको अभाव भएको ठाउँमा कसरी प्रयोग गर्ने भन्ने विषयमा प्रयोगात्मक अभ्यास गराइएको थियो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी डा डिजन भट्टराई, स्थानीय विकास अधिकारी सुशील वैद्य, जिल्ला शिक्षा अधिकारी चिरञ्जीवी पौडेल, खानेपानी तथा सरसफाइ सबडिभिजन प्रमुख भोलाप्रसाद थापा, जिविसका वास फोकल पर्सन सुवेदी, परियोजनाका जिल्ला परियोजना अधिकृत भोलानाथ आचार्य, जिससका दीपक डिसी, खानेपानी कार्यालयका डिल्लीराज न्यौपानेलगायतले तीन दिनसम्म प्रशिक्षण दिएकाआयोजकले जनाएका छन् । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता