बैशाख २०, उदयपुर । विद्यालयमा बालबालिकाहरुको सिकाई प्रक्रिया कम्जोर भएकोले  सिकाई उपलब्धी अभिबृद्धिका लागी सो सँग सम्बन्धीत क्रियाकलापहरुमा जोड दिनुपर्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...


बैशाख २०, उदयपुर । विद्यालयमा बालबालिकाहरुको सिकाई प्रक्रिया कम्जोर भएकोले  सिकाई उपलब्धी अभिबृद्धिका लागी सो सँग सम्बन्धीत क्रियाकलापहरुमा जोड दिनुपर्"/>

४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

बालबालिकाहरुको सिकाई उपलब्धी अभिबृद्धिका लागी सुनाई

२० बैशाख २०७४, बुधबार १०:५९


बैशाख २०, उदयपुर । विद्यालयमा बालबालिकाहरुको सिकाई प्रक्रिया कम्जोर भएकोले  सिकाई उपलब्धी अभिबृद्धिका लागी सो सँग सम्बन्धीत क्रियाकलापहरुमा जोड दिनुपर्ने कुरा एक कार्यक्रमका सहभागीहरुले बताएकाछन् ।

जिल्लाका तिन गाविसहरु रौता, पोखरी र जाँते गाविसका १० वटा विद्यालयका ३० जना शिक्षकहरुको सहभागितामा मंगलबार देखि शुरु भएको तिन दिवसीय तालिमका सहभागीहरुले सो कुरा बताएका छन् ।

तालिम उद्घाटन कार्यक्रमको प्रमुख अतिथिको रुपमा बोल्दै सहायक जिल्ला शिक्षा अधिकारी रामेश्वर कुँवरले जिल्ला शिक्षा कार्यालय मार्फत सिकाई अभिबृद्धिका लागि प्रयासहरु नभएका होईनन तर उपलब्धी सोचे जस्तो हुननसकेको बताउनुभयो ।

उहाँले बालबालिकाहरुको सिकाई अभिबृद्धिका लागि तिन पक्ष अत्यन्तै जिम्मेवार भएको समेत औल्याउनुभयो । सहायक जिशिअ कुँवरले घरमा अभिभावक, विद्यालयमा शिक्षक र विद्यार्थी आफै जिम्मेवार बन्न नसकेकोले समस्या ज्युँका त्युँ रहेको बताउनुभयो ।


वल्र्डभिजन ईन्टरनेशनल नेपाल उदयपुर एलपीए र जाल्पा एकिकृत विकास समाज उदयपुरको साझेदारीमा जिल्ला शिक्षा कार्यालयको समन्वयमा संचालित शिक्षा परियोजना अन्तर्गत साक्षरता प्रबलीकरण कार्यक्रम लागू भएका गाविसका ३० जना शिक्षक शिक्षिकाको सो तालिममा सहभागीता रहेकोछ ।

बालबालिकाहरुको सिकाई उपलब्धी बढाउनका लागि अक्षर ज्ञान, ध्वनि सचेतना, शब्द भण्डार, पठन वेग र बोध सीपहरुको बारेमा सहभागिहरुलाई सहजीकरण भईरहेको तालिमका सहजकर्ता सविता गुङले बताउनुभयो ।

भाषाका ४ सीपहरु: सुनाई, बोलाई, पढाई र लेखाईलाई बढी केन्द्रित गरि शिक्षकहरुमा विषयबस्तुहरुको बारेमा ज्ञान र सिप अभिबृद्धि गर्ने वल्र्डभिजन ईन्टरनेशनल उदयपुर एलपीएका म्यानेजर चेतराज भट्टराईले जानकारी गराउनुभयो ।

कार्यक्षेत्रका १० वटा विद्यालयहरुमा बुक कर्नरका लागि बाल कथाका पुस्तक, पुस्तकालय दराज त्यस्तै २६ वटा पढाई शिविरहरुलाई त्रिपाल, स्टेशनरी, बाक्सा, बाल कथाका पुस्तकहरु समेत उपलब्ध गराईएको परियोजना संयोजक अजयकुमार साहले बताउनुभयो । कार्यक्रम संस्थाका कार्यकारी निर्देशक कमल बहादुर कटुवालको अध्यक्षतामा संचालन गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता